गल्याङ नगरपालिकाको बजेट ८२ करोड ५६ लाख
वालिङ,१३ असार– गल्याङ नगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को लागि ८२ करोड ५६ लाख ४२ हजारको बजेट सार्वजनिक गरेको छ ।
नगर उपप्रमुख हेमा न्यौपानेले ११ औँ नगरसभामा सो बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत गरिएको आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थलाई विशेष जोड दिइएको छ ।
शिक्षा तर्फ गरिब बिपन्न जेहेन्दार विद्यार्थीहरुलाई छात्रावृत्ति दिनुका साथै शिक्षकहरुको दक्षता अभिबृदिका लागि तालिमको ब्यवस्था मिलाउने उल्लेख गरिएको छ । शैक्षिक संस्थाहरुमा इन्टरनेटको माध्यमबाट गरिने सिकाई प्रक्रियाको लागि स्तरोन्नती गर्न बजेट बिनियोजन गरिएको छ । स्वास्थ्य, कृषि, पर्यटनका साथै जेष्ठ नगरिक तथा दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण, सुत्केरी एम्बुलेन्स, योगा तथा प्राकृतिक अस्पताल निर्माण, विभिन्न ठाँउमा शहरि स्वास्थ इकाइ स्थापना गर्ने समेत बजेटमा उल्लेख गरिएको छ ।
कृषि तथा पशु विकास कार्यक्रम अन्तर्गत कृषि पेसालाई वैज्ञानिक रुपमा ब्यावस्थापन गरि कृषिको ब्यावसायीकरणमा जोड दिइएको छ । बजेटले पूर्वाधार तथा पर्यटकीय क्षेत्र, खानेपानीका साथै भौतिक पूर्वाधारका क्षेत्रको विस्तार र विकास गर्ने लक्ष्य लिएको छ ।
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार






















