रवि लामिछानेद्वारा नयाँ दल ‘‘राष्ट्रिय स्वतन्त्र पार्टी’’को घोषणा
काठमाडौं,७ असार- पूर्वसञ्चारकर्मी रवि लामिछानेले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको छ।
मङ्गलबार काठमाडौंमा एक विशेष कार्यक्रम गर्दै रवि लामिछानेले आफ्नो नेतृत्वमा स्वतन्त्र पार्टीको घोषणा गर्नुभएको हो। ‘‘म कुनै पनि राजनीतिक दलमा प्रवेश गर्दिनँ’’, लामिछानेले भन्नुभयो।
लामिछानेले स्वतन्त्र ढङ्गले अगाडि बढ्नसक्ने अवस्था रहे पनि देश बदल्नका लागि राजनीतिक दल आवश्यक रहेको भन्दै ‘राष्ट्रिय स्वतन्त्र पार्टी’को घोषणा गर्नुभएको हो।
लामिछानेले देशको जर्जर संरचना परिवर्तनका लागि राजनीतिक पार्टी बनाएर अघि बढ्ने बताउनुभयो। ‘‘यो जर्जर संरचना परिवर्तनका लागि नयाँ राजनीतिक पार्टीसँगै अघि बढ्छु। म यो देशलाई चाहिएको जस्तो दल बनाएर अघि बढ्छु’, लामिछानेले भन्नुभयो।
यो राजनीति बाटो गाह्रो भए पनि असम्भव नभएको उहाँको भनाइ छ। लामिछानेले आफ्नो चुनावी एजेन्डा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्री रहेको बताउनुभएको छ। उहाँले दलमा कोही पनि कार्यकर्ता बन्नु नपर्ने तर समर्थक हुन पाउने बताउनुभएको छ। पार्टीमा कुनै पनि भ्रातृ सङ्गठन नहुनेसमेत उहाँले प्रष्ट पार्नुभएको छ।
स्वतन्त्र पार्टीको प्रारम्भिक कमिटीमा २१ जना सदस्य रहेको उहाँले बताउनुभएको छ। स्वतन्त्र पार्टीको प्रस्तावित चुनाव चिह्न घण्टी हुने उहाँको भनाइ छ।
लामिछानेले क्षमतावान स्वतन्त्रलाई आफ्नो दलसँग जोडिएर उम्मेदवारी दिन आग्रह गर्नुभएको छ।स्राेत गरखापत्र
ताजा
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क
२०८३ असार ६ गते, शनिबार
सनातन सभ्यताको जीवित केन्द्र
२०८३ असार ६ गते, शनिबार
फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस
२०८३ असार ५ गते, शुक्रबार
ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते
२०८३ असार २ गते, मंगलवार
पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ
२०८३ असार २ गते, मंगलवार
गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म
२०८३ असार २ गते, मंगलवार
कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी
२०८३ असार २ गते, मंगलवार
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी
२०८३ जेष्ठ २५ गते, सोमबार
नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक
२०८३ जेष्ठ २४ गते, आईतवार





















