रासायनिक मलको अभाव, बढ्दो महङ्गी विरुद्ध रामपुरमा विरोधसभा

रामपुर,२६ जेठ– रासायनिक मलको अभाव संगै बढ्दो महङ्गी विरुद्ध रामपुरमा बिहीबार किसानहरुले आन्दोलन गरेका छन् । अखिल नेपाल किसान महासंघ रामपुर नगर कमिटीको आयोजनामा सरकारले सधै किसान तथा सर्वसाधारण नागरिकलाई मलको अभावका साथै महङ्गी बढाएर मारमा पारेको भन्दै किसानहरु आन्दोलीत भएकाहुन् ।
नेपाल व्यवसायिक बाख्रापालन महासंघका उपाध्यक्ष सूर्य प्रसाद रेग्मीले किसानलाई आश्यकता पर्दा मलको अभाव हुन कृषि प्रधान देशमा लाजमर्दो कुरा भएको बताउनु भयो । कार्यक्रममा अखिल नेपाल महासंघका केन्द्रिय सदस्य कृष्ण प्रसाद श्रेष्ठले किसानलाई समयमा मल विउ उपलब्ध गराउन नसक्ने कृषि मन्त्रीले तत्कालै राजिनामा दिनु पर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा रामपुर नगर ईन्चार्ज राजेन्द्र प्रसाद लम्सालले अहिलेको गठवन्धन सरकारले कुनै पनि काम जनताको पक्षमा नगरेको बताउनुभयो । विरोध सभामा सहभागीहरुले बढ्दो महङ्गी नियन्त्रण गर, किसानलाई आवश्यक पर्ने गुणस्तरीय मल, विउको सहज आपुर्ति गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बेंझाड बजार परिक्रमा गरेका थिए । किसानहरुको टोलिले इलाका प्रशासन कार्यालय रामपुरमा पुगेर ११९ बुदे माग सहितको ज्ञापन पत्र बुझाएको छ । किसानहरुले इलाका प्रशासन कार्यालय रामपुर मार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र समेत पठाएकाछन् ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal