रित्तै छन् गोदाम

सुरेशकुमार यादव

काठमाडौँ, २५ जेठ– मकै, चैतै धानका लागि रासायनिक मल नपाएका किसान असारे धान खेतीका लागि मलको पर्खाइमा छन् तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग किसानलाई वितरण गरिने रासायनिक मलको मौज्दात शून्य छ । कृषि मन्त्रालयअन्तर्गतको कृषि सामग्री कम्पनी लिमिटेडका सबै गोदाम खाली छन् भने साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग पनि मलको मौज्दात छैन । 

यद्यपि कृषि मन्त्रालयले किसानलाई पुग्नेगरी असार मसान्तभित्र मल आइपुग्ने दाबी गरिरहेको छ । कृषि मन्त्रालयका प्रवक्ता डा. प्रकाश सञ्जेलले ग्लोबल टेन्डर (अन्तर्राष्ट्रिय बोलपत्र) तथा भारतसँग गरिएको जीटुजी (सरकारदेखि सरकार)को माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी गर्नुभयो । 

रासायनिक मलको सहज आपूर्तिका लागि निरन्तर प्रयास गरे पनि विश्व बजारमा आएको मलको मूल्यको उतारचढावका कारण मल आपूर्तिमा असहजता भएको दाबी कृषि मन्त्रालयले गरेको छ । मन्त्रालयका अनुसार कृषि सामग्री कम्पनी लिमिटेडले एक लाख छ हजार मेट्रिक टन र साल्ट ट्रेडिङ कर्पोरेसनले एक लाख १७ हजार मेट्रिक टनका लागि ग्लोबल टेन्डर गरेका थिए तर विभिन्न आपूर्तिकर्ताले सम्झौताको समयावधिभित्र सो मल उपलब्ध नगराएकाले मल आपूर्तिमा अभाव सिर्जना भएको हो । 

ग्लोबल टेन्डर तथा भारतसँग गरिएको जीटुजीको माध्यमबाट असार मसान्तभित्र रासायनिक मल आइपुग्ने दाबी । 

मल अभावलाई कम गर्नका लागि सरकारले भारत सरकारसँग जीटुजी प्रक्रियाबाट आगामी पाँच वर्षमा पाँच लाख ६५ हजार मेट्रिक टन युरिया र तीन लाख ७० हजार मेट्रिक टन डीएपी मल खरिद गर्ने गरी सम्झौता गरेको छ । धान बालीको मौसममा मलको आपूर्तिलाई सहजता प्रदान गर्न यस चालू आर्थिक वर्षका लागि एक लाख ५० हजार मेट्रिक टन मल ल्याउने प्रयास भइरहेको प्रवक्ता सञ्जेल बताउनुभयो । 

मलको हाहाकार हुनुको कारणमा कृषि मन्त्रालयले कोरोना महामारी, अन्तर्राष्ट्रिय रूपमा रासायनिक मलको उत्पादनमा आएको ह्रास, रासायनिक मलको अन्तर्राष्ट्रिय बजार मूल्यमा तीव्र रूपमा वृद्धि, रुस–युक्रेन युद्धलाई लिइएको छ । गत आर्थिक वर्षको जेठ महिनामा औसतमा युरियाको मूल्य करिब ५५ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य करिब ८२ रुपियाँ प्रतिकेजी रहेकोमा हाल अन्तर्राष्ट्रिय बजारमा युरियाको मूल्य करिब ९८ रुपियाँँ प्रतिकेजी र डीएपीको मूल्य करिब १५० रुपियाँ प्रतिकेजी रहेको छ । 

चालू आर्थिक वर्षको मल आपूर्तिको मुख्य मौसमको (माघ र फागुन)मा युरियाको मूल्य बढीमा १३९ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य बढीमा १६८ रुपियाँ प्रतिकेजीसम्म पुगेको थियो । हाल सरकारले रासायनिक मलको मूल्य प्रणालीअनुसार आयात बिन्दुमा युरियाको मूल्य १५ रुपियाँ प्रतिकेजी र डीएपीको मूल्य ४४ रुपियाँ प्रतिकेजी रहेको छ । गोरखापत्र

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal