पूर्व मन्त्री अर्यालद्वारा पुलको शिलान्यास

वालिङ,१७ वालिङ – वालिङ र भीरकोट जोडने झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वालिङ र भीरकोट नगरपालिका जोडने सिरबाने, सिम्ले, अँधेरी खोला झोलुंगे पुलको संघिय सांसद तथा पूर्व मन्त्री पदमा अर्यालले मंगलबार शिलन्यास गर्नुभएको हो ।

पुल बनेपछि भीरकोट ९ को साउन्दी, काभ्रे, चराङ, जुटडाँडा र वालिङ १४ को सिम्ले, थाना, करादी, शिरबानी, डुम्रेभञ्याङका एक हजार घरधुरी लाभान्वित हुने भएका छन । उक्त पुल बनेपछि विशेषगरी विद्यार्थीहरुलाई सुविधा हुने भएको छ । । उक्त स्थानका विद्यार्थीहरुले दुई घण्टाको बाटो हिँडेर जनसेवा मावि डुम्रेभञ्याङमा अध्ययनका लागि आउनुपर्ने बाध्यता छ । भीरकोट ९ काभ्रेका लिलाबल्लब रेग्मीले भन्नुभयो, ‘नगरपालिका भीरकोट भएपनि हामी पहिला गाविस कालिकाकोटको एउटै वासिन्दा थियौँ पछि संघिय संरचनासंगै गाविसका केहि वडा भीरकोट र केहि वडा वालिङमा आयौँ । तर हामीलाई नुन तेललगायत बजारका लागि वालिङको डुम्रेभञ्याङ नै पायक पर्छ ।

अहिले यो पुल शिलान्यास भएपछि विद्यार्थी लगायत हामी प्रत्यक्ष लाभान्वित हुनेछौँ ।’ उहाँका अनुसार झोलुंगे पुल निर्माणपछि मोटरसाईकल समेत वारीपारी गर्न सहज हुनेछ भने स्थानीय बासिन्दालाई निकै सहज हुनेछ । वालिङ १४ सिम्लेका यामबहादुर थापाले भन्नुभयो, ‘वनको बाटो, निकै पहरा, वनको खोल्सा जस्ता भौगोलिक विकटता छ । विद्यार्थी भाईवहिनीले निकै संर्घषका साथ प्लस टु पढन वारी अर्थात डुम्रेभञ्याङ आउँछन । अव यो पुल बनेपछि विद्यार्थीहरुलाई सुरक्षाका दृष्टिकोणले पनि सुरक्षित हुन्छन भने पर्यटकीय दृष्टिकोणले समते महत्वपुर्ण रहेको छ ।’ जनसेवा माविका प्रअ अन्नतराज अर्यालका अनुसार निकै लामो बाटो हुँदै पढन आउने विद्यार्थी उक्त पुल निर्माण भएपछि विद्यालय आउँन थोरै समय छुट्टयाएपनि पुग्छ । विद्यालय आउजाउ गर्ने समय छोटो भएपछि अध्ययनमा समेत लगाव बढनेछ । जनसेवा माविकै अर्का शिक्षक रेशम डुम्रेका अनुसार उक्त पुल निर्माणभएपछि दैनिक २०० जना नागरिक वारपार गर्नेछन।

पुलको शिलन्यास गर्नुहुँदै पुर्व मन्त्री अर्यालले समयमै पुल निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभयो । आफु मन्त्रालयमा हुँदा उक्त पुललाई प्राथामिकतामा राखेर दुई पटक सम्म सर्वे गरेर फाईनल गरेको भन्दै ठेकेदारको ढिलासुस्तीका कारण पुलनिर्माण कार्य बल्ल काम शुरु भएको बताउनुभयो ।

पुल निर्माणका लागि बिएलटि कन्र्टक्सन प्राईभेट लिमिटेडले २०७७ मा ७० लाखमा ठेक्का सम्झौता गरे पनि कोरोनाको कारण देखाउँदै काम ढिला गरी शुरु गरेको हो । उक्त पुल यही मंसिर सम्म सम्पन्न गर्ने म्याद रहेको छ । पुल २५० मिटर लामो हुनेछ ।

ताजा

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal