रोटरी क्लबद्वारा जेठ १४ गते वालिङमा रक्तदानको आयोजना

वालिङ,१० जेठ– रोटरी क्लब अफ वालिङले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । रक्तदान जिवनदान भन्ने नाराका साथ रोटरीले यही जेठ १४ गते बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गणतन्त्र दिवसका अवसरमा रोटरीले क्षेत्रिय रक्तसंचार केन्द्र पोखरा र नेपाल रेडक्रस सोसाईटी कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको क्लबले जनाएको छ ।

निर्वाचनका कारण सबैको ध्यान निर्वाचन प्रचार प्रसार मतगणना, विजयी ¥यालीलगायत निर्वाचनमै सबै केन्द्रित हुँदा रक्तदान कार्यक्रम संचालन हुन सकिरहेको छैन । रगतको अभाव भईरहेको अवस्थामा धेरै भन्दा धेरै रगत संकलन गरी अस्पतालमा मृत्युसंग लडिरहेका विरामीहरुलाई पुर्नजीवन दिने उद्देश्यले बृहत रक्तदान कार्यक्रम गरिएको क्लबका सचिव गणेश राउतले जानकारी दिनुभयो ।

सामाजिक कार्यमा सक्रिय रहेको क्लबले गौतम बुद्धसामुदायिक मुटु अस्पतालको सहकार्यमा वालिङस्थित फुलबारीमा निशुल्क डायलाीईसिस सेवा प्रदान गरिहेको छ । डायलाईसिस सेन्टरमा दुई चरणमा ३७ जनाले निशुल्क डायलाईसिस गराईरहेका छन । ४८ जनाको क्षमता रहेको सेन्टरमा दक्षिण पर्वत, पाल्पा र स्याङ्जाका मुटुरोगीले सेवा लिईरहेका छन ।

ताजा

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते

२०८३ असार १२ गते, शुक्रबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal