को हुन ? चापाकोटक नगरपालिका उपमेयरकी उम्मेदवार सृष्टि मल्ल
वालिङ,२७ वैशाख– यही वैशाख ३० गते हुन गहिरहेको स्थानीय तहको निर्वाचनमा चापाकोट नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट उपमेयरको पदमा उम्मेदवारी दिएकी सृष्टि मल्ल एक सशक्त उम्मेदवारको रुपमा आफुलाई प्रस्तुत गर्दै चुनावि अभियानमा होमीनुभएको छ ।
चापाकोट नगरपालिका वडा नम्मबर ५ सेखाममा जन्मनुभएकी २७ वर्षीया सृष्टि अहिले चापाकोट नगरपालिकाको उपमेयरको उम्मेदवार बनेर चापाकोट नगरपालिकाको विकास र समृद्धि ल्याउनका लागि काम गर्ने प्रतिवद्धता सहित अगाडी बढ्नुभएको छ ।
पृथ्वीनारायण क्याम्पस पोखराबाट स्नातक तह गरेरे सामाजिक सेवामा लाग्नुभएकी मल्लको चापाकोटको माटो सुहाउदो विकास गर्ने योजना र उद्देश्य रहेको छ । चापाकोट एक उर्भर भूमी भएकोले यहाँको माटो सुहाउँदो उत्पादनमा जोड दिने योजना हरेको सृष्टि बताउनुहुन्ट उहाँ भन्नुहुन्छ, “उच्च भाग र सम्मथर भागमा छुट्टाछ्टै प्रकृतिका उत्पादन गर्ने सकिने भएकोले यसको पहिचान गरेर नगरबासीहरुलाई उत्पादन संग जोड्ने छौ ।”
अजै पनि महिलाहरु अन्याय र अत्चारमा परिरहेकोले महिला सशक्ति करणका क्षेत्रमा काम गर्ने, महिलाहरुलाई सोरोजगार सिर्जना गर्ने, महिला, महिला हिंसाको अन्त्य गर्ने कार्यका साथै दलित,आदिवासी जनजातीहरुको लागि आयआर्जनका विशेष कार्यक्रमहरु ल्याउने मल्लले बताउनुभयो ।
शिक्षा, स्वास्थ्य खानेपानी , सडकको स्तरउन्नती गर्ने कृषि, पर्यटनका साथै उत्पादनमा आधारित कृषक अनुदानको ब्यवस्था गरेर कृषिका माध्यामबाट रोजागरी सिर्जना गर्ने र सबै नगरवासीहरुलाई स्वाबलम्बी बन्ने प्रेरित गर्ने गरि काम गर्ने योजना रहेको उपमेयरकी उम्मेदवार मल्लको भनाइ रहेको छ ।
चापाकोट नगर कमिटी उपाध्यक्ष समेत हरनुभएकी सृष्टि युवाहरु समाजिक सेवाका साथै नेतृत्वमा नपुगे सम्म समाज र त्यस क्षेत्रको विकास गर्न कठिन हुनेभएकोले समग्र चापाकोटको विकासका लागि आफुले उपमेयर पदमा उम्मेदवारी दिएको बताउनुहुन्छ । यस क्षेत्रको विकासको लागि नेकपा एमालेका उम्मेदवारहरुलाई मतदान गरेर विजयी गराउन समेत मल्लले सम्मपूर्ण नगरवासीहरुलाई आग्रह गर्नुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
























