भीरकोटमा एमालेको विजयी सुनिश्चित, कसैले तर्साउदैमा आतंकित नहुन मेयरका उम्मेदवार अर्यालको कार्यक्रतालाई आग्रह
वालिङजा,२६ वैशाख– भीरकोट नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले नेकपा एमालेले भीरकोटमा विजयी हुने दावी गर्नुभएको छ । नेकपा एमालेद्वार आज अयोजित चुनावि र्याली एवं सभालाई सम्बोधन गर्दै एमालेले यस पटकको स्थानीय तहको निर्वाचनमा विजयी हुने बताउदै कार्यक्रतालाई चुनाव प्रचारप्रसारमा खटिएर लाग्न आग्रह गर्नुभएको छ ।
भीरकोट नगरपालिकामा एमालेले जितेको अवस्थामा नगरवासीको निशुल्क स्वास्थ्य विमा गर्नुका साथै भीरकोट नगरपालिकाको विकासलाई नमूनाको रुपमा अगाडी बढाउनुका साथै नगरभित्रै रोजगारीको सिर्जना गरेर युवा जनशक्तिलाई आफ्नै गाउँठाउमा काम गर्ने वातावरण मिलाउने अर्यालको भनाइ थियो ।
कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा काम गर्नुका साथै घरेलु तथा साना उद्योगहरुको स्थापना गर्ने र भीरकोट नगरपालिकालाई एक नमूना नगरको रुपमा विकास गर्ने योजना आफुहरु संग रहेकोले ढुक्क भएर एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गर्न सबै नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
प्रतिपक्ष दल अत्तालिएर एमालेका उम्मेदवारका विरुधमा अर्नगल प्रचार गरिरहेको बताउदै एमालेका विरुधमा झुट्टो हल्ला चलाएर आफ्नो पक्षमा जनमत पार्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भएर स्वच्छ प्रतिष्प्रधामा आउन आग्रह गर्नुभएको छ । एमाले उम्मेदवारलाई लक्षित गरेर राखिएको शंकास्पद वस्तु कुकर बम तर्फ लक्षित गर्दै मेयरका उम्मेदवार अर्यालले एमाले कसैले तर्साउदैन तर्सिने पार्टी नभएको बताउनुभयो । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी हुने दावी गर्दै अर्यालले एमाले कार्यक्रता एवं शुभचिन्तकहरुलाई उत्साहाका साथ चुनावि अभियानमा लाग्न समेत आग्रह गर्नुभयो ।
आज बिहान मेयरका उम्मेदवार अर्यालको घर नजिकै भीरकोट नगरपालिका वडा नम्बर ६ मा कुकर बम भेटिएको थियो । सो कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । यद्यपी सो कुकर बम भित्र ढुंगा भेटिएको प्रशासनले जनाएको छ ।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
























