भीरकोटमा एमालेको विजयी सुनिश्चित, कसैले तर्साउदैमा आतंकित नहुन मेयरका उम्मेदवार अर्यालको कार्यक्रतालाई आग्रह
वालिङजा,२६ वैशाख– भीरकोट नगरपालिकाको लागि नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवार बन्नुभएका विश्वनाथ अर्यालले नेकपा एमालेले भीरकोटमा विजयी हुने दावी गर्नुभएको छ । नेकपा एमालेद्वार आज अयोजित चुनावि र्याली एवं सभालाई सम्बोधन गर्दै एमालेले यस पटकको स्थानीय तहको निर्वाचनमा विजयी हुने बताउदै कार्यक्रतालाई चुनाव प्रचारप्रसारमा खटिएर लाग्न आग्रह गर्नुभएको छ ।
भीरकोट नगरपालिकामा एमालेले जितेको अवस्थामा नगरवासीको निशुल्क स्वास्थ्य विमा गर्नुका साथै भीरकोट नगरपालिकाको विकासलाई नमूनाको रुपमा अगाडी बढाउनुका साथै नगरभित्रै रोजगारीको सिर्जना गरेर युवा जनशक्तिलाई आफ्नै गाउँठाउमा काम गर्ने वातावरण मिलाउने अर्यालको भनाइ थियो ।
कृषि, पर्यटन, खेलकुद लगायतका क्षेत्रमा काम गर्नुका साथै घरेलु तथा साना उद्योगहरुको स्थापना गर्ने र भीरकोट नगरपालिकालाई एक नमूना नगरको रुपमा विकास गर्ने योजना आफुहरु संग रहेकोले ढुक्क भएर एमालेका उम्मेदवारहरुलाई सूर्य चिन्हमा मतदान गर्न सबै नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
प्रतिपक्ष दल अत्तालिएर एमालेका उम्मेदवारका विरुधमा अर्नगल प्रचार गरिरहेको बताउदै एमालेका विरुधमा झुट्टो हल्ला चलाएर आफ्नो पक्षमा जनमत पार्न सकिन्छ भन्ने भ्रमबाट मुक्त भएर स्वच्छ प्रतिष्प्रधामा आउन आग्रह गर्नुभएको छ । एमाले उम्मेदवारलाई लक्षित गरेर राखिएको शंकास्पद वस्तु कुकर बम तर्फ लक्षित गर्दै मेयरका उम्मेदवार अर्यालले एमाले कसैले तर्साउदैन तर्सिने पार्टी नभएको बताउनुभयो । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारहरु विजयी हुने दावी गर्दै अर्यालले एमाले कार्यक्रता एवं शुभचिन्तकहरुलाई उत्साहाका साथ चुनावि अभियानमा लाग्न समेत आग्रह गर्नुभयो ।
आज बिहान मेयरका उम्मेदवार अर्यालको घर नजिकै भीरकोट नगरपालिका वडा नम्बर ६ मा कुकर बम भेटिएको थियो । सो कुकर बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको थियो । यद्यपी सो कुकर बम भित्र ढुंगा भेटिएको प्रशासनले जनाएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
























