वालिङमा ब्युटिसियन तालीम सुरु
वालिङ,९ वैशाख– धवलागीरी प्राविधिक शिक्षालय लेते मुस्ताङको आयोजना र वैदेशिक रोजगार बोर्डको सचिवालयको आर्थिक सहयोग एवं आँधिखोला बहुप्राविधिक शिक्षालय वालिङ १३ को समन्वयमा बिहीबार देखि वालिङ नगरपालिका १० बर्तुङमा ब्युटिसियन तालीम सुरु गरिएको छ ।
सिपयुक्त जनता समृद्ध नेपाल भन्ने नारालाई आत्मसात गर्दै बेरोजगार महिलाहरुलाई सोरोजगार बनाउने योजना अनुसार १ सय ८० घण्टे ब्युटिसियन तालीम सञ्चालन गरिएको हो ।
तालीमको उद्घाटन समारोहमा बोल्दै आँधिखोला बहुप्राविधिक शिक्षालयका प्रमुख ई. शरद कोइरालाले तालीमले बेरोजगार महिला दिदीबहिनीहरुलाई उद्यमी बन्न सहयोग पुर्याउने बताउनुभयो । तालीममा सहभागि भएर सिकेका कुराहरुलाई ब्यवहारमा उतार्न सकेको खण्डमा आर्थिक उपार्जन गर्न सकिने भएकोले यस तर्फ ध्यान दिन समेत प्रमुख कोइरालाले आग्रह गर्नुभयो ।
तालीमको उद्घाटन स्थानीय समाजसेवी देविलाल सुवेदीले गर्नुभएको थियो उद्घाटन समारोहमा मञ्जु केसी, दिपक सुवेदी, प्रशिक्षक दुर्गा थापा लगायतले बोल्नुभएको थियो भने आँधिखोला बहुप्राविधिक शिक्षालयका लेखापाल अशोक गैह्रेको स्वागत मन्तब्य संगै सुरु भएको कार्यक्रमक आँधिखोला बहुप्राविधिक शिक्षालयका कर्मचारी टीका भट्टराईको सञ्चालन गर्नुभएको थियो । तालीममा २० जना महिलाको सहभागिता रहेको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
























