कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा नेताहरूको जोड
काठमाडौँ,८ वैशाख– नेपाली कांग्रेसका नेताहरूले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धन नगरी एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिनुभएका छन् । नेपाल विद्यार्थी सङ्घको ५३औं स्थापना दिवसका अवसरमा स्थानीय निर्वाचनमा नेपाल विद्यार्थी सङ्घको भूमिका र पार्टीको दायित्व विषयक विचार गोष्ठीमा नेपाली कांग्रेसमा अधिकांश नेताहरुको भनाइ थपिएका नयाँ मतदाताको समर्थन बटुलेर एक्लै निर्वाचनमा जानुपर्ने भनाइ रहेको थियो ।
कांग्रेस उपसभापति धनराज गुरुङले घरका खेतालालाई घरभित्र थन्क्याएर बाहिरका खेताला खोज्ने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो “अहिलेको निर्वाचनमा कांग्रेसले ५१ सिट होइन ५१ प्रतिशत ल्याउने गरी तालमेलभन्दा एजेन्डामा जोड दिनुपर्छ ।”
कांग्रेस महामन्त्री गगनथापाले अरू दलसँग तालमेल गर्ने कि नगर्ने भन्ने पार्टीको स्थानीय तहकै कार्यसमितिले निर्णय गर्ने बताउँदै गठबन्धनबाट भोलिका दिनमा धोका हुनसक्नेतर्फ आजै सोच्नुपर्ने बताउनुभयो । गठबन्धनलाई अन्यथा नलिए पनि विगतका घटनाबाट पाठ सिक्नुपर्ने उहाँले बताउनुभयो । महानगर र उपमहानगरमा केन्द्रबाटै चुनावी तालमेलको निर्णय भए पनि गठबन्धन नगर्दा केही ठाउँमा कम सिट जिते पनि निर्वाचित भएका ठाउँमा भविष्य बनाउने गरी चुनावी मैदानमा जानुपर्नेमा थापाको जोड थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















