एमाले बिजयको यात्रामा अघि बढेको छः अध्यक्ष ओली
बेलिना थापा
लमजुङ,२ वैशाख– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले बिजयको यात्रामा अघि बढेको बताउनुभएको छ । नेकपा एमाले लमजुङले शुक्रबार बेँसीसहरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो ।
पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीले एमालेको गतीलाई अब कसैले पनि रोक्न नसक्ने बताउनुभएको बताउदै निर्वाचनमा एमालेले बहुमत ल्याएर छाड्ने दावी समेत गर्नुभयो । लमजुङका ८ पालिका र ७५ वटै वडामा जित हासिल गर्ने गरी लाग्न समेत कार्यक्रतालाई आग्रह एमालेलाई जित्न सक्ने हैसियतमा अरु पार्टी नरहेको अध्यक्ष ओलीको भनाइ थियो ।
एक फरक प्रशंगमा अध्यक्ष ओलीले भन्नुभयो, “एमाले पार्टी खिट्कीबाट आउने पार्टी होइन, एमाले आम निर्वाचनका बाध्यामबाट मुल ढोकाबाट आउने पार्टी हो ।” एमाले सरकारमा जाँदा मात्रै देशको हित, उन्नति हुने, सुखी नेपाली समृद्ध नेपालको नारा साकार हुने समेत अध्यक्ष ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीले चुनावको समयमा एमाले पार्टी फुटेको हल्ला आइरहेको भन्दै एमाले फुटेको नभई, थोरै चोईटिएको बताउनुभयो । केही मानिस बाहिर जाँदामै एमाले कमजोर नभएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “एमाले आफ्नो कर्तब्य, गन्तब्य र उद्धेश्यमा स्पष्ट छ । केन्द्रीत भएको छ । पार्टी चलाउने माध्यम अवसर दिने होइन । एमालेमा त्यस्तो अवस्था छैन । यो दिउँला, त्यो दिउँला, यो खाउँला भन्ने हुँदैन । हामी सुखी नेपाली, समृद्ध नेपालको नारा सफल बनाउने अठोटका साथ लागेको छौं ।”
एमाले स्थानीय तह निर्वाचनमा केन्द्रीत भएर लागेको, राष्ट्रियता जोगाउने अभियानमा लागेकाले मत परिणाम नआउने बेलासम्म ननिदाउने बताउनुभयो । नेता, कार्यकर्तालाई पनि निर्वाचन सम्पन्न नहुदा सम्म ढुक्कले ननिदाउन निर्देशन दिदै निर्वाचन सुरु भएदेखि मत परिणाम घोषणा नआउन्जेलसम्म उच्च सावधानी र सक्रिय भएर लाग्न समेत आग्रह गर्नुभएको थियो ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















