वालिङमा जनावरमा रेबिज देखियो
वालिङ,२५ फागुन–वालिङमा घरपालुवा जनावरमा रेबिज रोग देखिएको छ । घरपालुवा जनावरमा रेबिज देखिए संगै नगरपालिकाले यसबाट थप संक्रमण फैलिन नदिन सचेतनाका कार्यक्रमहरु सञ्चालन गरेको नगरपालिकाको पशुसेवा शाखाले जनाएको छ ।
माघ २७ गते वालिङ नगरपालिका ८ मा रहेको गौसालामा एक बाच्छोमा रेबिज देखिएको र फागुन २ गते वडा नम्बर १० मोदिखोलामा पाडोमा यसैगरी ८ नम्बर वडाको भिमटारीमा केही कामदारमा समेत रेबिजको लक्ष्णदेखिएपछि समुदाय स्तर सम्म फैलिन सक्ने भन्दै नगरपालिकाको पशुसेवा शाखाले यस रोगको प्रकोप फैलीन नदिन यसका बारेमा ससेत भएर काम गरिरहेको शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
रेबिजको लक्ष्यादेखिएका केही जनावरको मृत्युु भएपछि परिक्षणको लागि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला पोखरामा पठाएको र परिक्षमा रेबिज देखिएकोले सबैलाई यस रोगबाट बच्नको लागि समेत सचेत गराईएको शाखा प्रमुख अधिकारीले बताउनुभयो ।
रेबिज रोग कुनै पशुपक्षीमा देखिएको छ महिना पछि सम्म पनि समुदाय स्तरमा फैलन सक्ने भएकोले सचेत हुन समेत अधिकारीले आग्रह गर्नुभएको छ ।

ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















