सूर्याेदय बचत तथा ऋण सहकारीको सञ्चालन व्यवस्थापन उपसमिति गठन
मिरा मल्ल
स्याङ्जा,२१ पुस– सूर्याेदय बचत तथा ऋण सहकारी संस्थाको स्याङ्जा सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमिति गठनका लागि पुतलीबजार नगरपालिका– १ स्याङ्जामा सदस्य भेला सम्पन्न भएको छ ।
भेलाले नारायण रेग्मीको संयोजकत्वमा ७ सदस्यी सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमिति सर्वसम्मत चयन गरेको छ । सचिव श्याम कुमार श्रेष्ठ, कोषाध्यक्ष सावित्री सि.के. सदस्यहरूमा युवराज पराजुली, रामचन्द्र उपाध्याय पौडेल, भवानी ढकाल र कौशिला पौडेल क्षेत्री चयन हुनु भएको छ । सर्वसम्मत उपसमितिमा चयन हुनु भएका संयोजक लगायत पदाधिकारीहरूलाई बधाई तथा शुभकामना दिदै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्र प्रसाद श्रेष्ठ, संरक्षक अनन्त कुमार श्रेष्ठले सेवा केन्द्रको लक्ष्य अनुसारको कार्य प्रगति हासिल गर्न कार्य योजना बनाई लाग्नु पर्ने तथा संस्थाले बचत ऋणको कार्य मात्र नभई नविनतम खोजहरू मार्फत सदस्यहरूलाई व्यवसायिक परामर्श सँगै लगानीको वातावरणको सृजना गर्नुपर्ने धारणा राख्नु भएको थियो ।
अध्यक्ष हुम बहादुर कुमालले नवगठित उपसमितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो । उपसमितिका पदाधिकारीहरूलाई निवर्तमान संयोजक देवेन्द्र प्रसाद गुरूङले बधाई तथा सफल कार्यकालको शुभकामना सहित संयोजकलाई बैठक पुस्तिका हस्तान्तरण गर्नु भएको थियो ।
सञ्चालक समितिका अध्यक्ष हुम बहादुर कुमालको अध्यक्षतामा आयोजित कार्यक्रम सञ्चालन सचिव राजेन्द्र प्रसाद शर्माले गर्नु भएको थियो भने स्वागत मन्तब्य उपाध्यक्ष दीर्घ नारायण शर्माले र कार्यक्रमको उद्देश्यका बारेमा सञ्चालक सदस्य ओम प्रकाश सापकोटाले भेलालाई जानकारी गराउनु भएको थियो । लेखा सुपरीवेक्षण समितिका संयोजक शालीग्राम मरासिनीले, संस्थाका व्यवस्थापक ध्रुव नारायण श्रेष्ठले संस्थागत गतिविधिको बारेमा सदस्हरूलाई जानकारी गराउनु भएको थियो । संस्थाले २३ औ स्थापना दिवसको अवसरमा प्रदान गरेको सदस्यता प्रवेश शुल्कमा छुट र मोवाईल बैंकिङ रजिष्ट्रेशन शुल्क छुटका कार्यक्रम सचालन गरेको छ ।
ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















