तराई-मधेसका जनताको माग पूरा गर्न प्रयास गरेको भन्दै अध्यक्ष ठाकुरद्वारा- केपी ओलीलाई धन्यवाद
चितवन,१० मङ्सिर- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभएको छ ।
चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तराई-मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उहाँलाई धन्यवाद दिनुभएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उहाँले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताउनुभयो । अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उहाँले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले एमाले महाधिवेशनको सफलताको शुभकामना दिनुभयो । साथै आगामी नेतृत्वका लागि पनि बधाई दिनुभयो ।
ताजा
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार
आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु
२०८२ चैत्र २६ गते, बिहीबार
सूर्योदय
२०८२ चैत्र २३ गते, सोमबार





















