तराई-मधेसका जनताको माग पूरा गर्न प्रयास गरेको भन्दै अध्यक्ष ठाकुरद्वारा- केपी ओलीलाई धन्यवाद

चितवन,१० मङ्सिर- लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पूरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिनुभएको छ ।

चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उहाँले तराई-मधेस र मधेसी जनताको माग पूरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उहाँलाई धन्यवाद दिनुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उहाँले अब मधेस र मधेसी जनताको माग पूरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पूरा हुनेमा आफू आशावादी रहेको बताउनुभयो । अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उहाँले संविधान संशोधन गरेर आफूहरूको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

उहाँले एमाले महाधिवेशनको सफलताको शुभकामना दिनुभयो । साथै आगामी नेतृत्वका लागि पनि बधाई दिनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal