प्रेस काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई कडाई गर्ने

काठमाडौ,६ मङ्सिर- अनलाइन व्यवस्थापनका विषयमा आज प्रेस काउन्सिल नेपालले सरोकारवाला निकायस“ग सुझाव लिएको छ ।
काउन्सिलले मिल्दोजुल्दो अनलाइनलाई दर्ता र सूचीकरण नगर्ने भएपछि त्यसको मापदण्डका विषयमा सुझाव लिइरहेको छ ।
सोही क्रममा नेपाल पत्रकार महासङ्घका कोषाध्यक्ष कलेन्द्र सेजुवाल, केन्द्रीय सदस्यहरू माधव पौडेल, बबिन शर्मा, रमेश खतिवडा, अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्याल, मधेशी पत्रकार समाजका अध्यक्ष मोहन सिंह, प्रेस मञ्चका अध्यक्ष केशव अर्याल, प्रेस चौतारी नेपालका माधव तिवारीसहितका पत्रकारहरूले काउन्सिलको यो कदमको स्वागत गर्दै विवादरहित तवरले कार्यान्वयन गर्न सुझाव राखेका थिए ।
महासङ्घका कोषाध्यक्ष सेजुवालले सूचना विभाग र काउन्सिलबीच अझ समन्वय गरी अनलाइन दर्ता प्रक्रियालाई सहज बनाउनुपर्ने धारणा राख्नुभयो ।
अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले मिल्दोजुल्दो नाममा कडाई गर्नु आवश्यक रहेको उल्लेख गर्दै काउन्सिलले समाचारको विषयवस्तुमा समेत गम्भीर हुनुपर्ने बताउनुभयो ।
उहा“ले हुबहु कपी गर्ने विरुद्ध सक्रियता जनाउनुपर्ने, क्षतिपूर्तिको समेत व्यवस्था भए झन् प्रभावकारी हुने बताउनुभयो ।
सञ्चार मन्त्रालयका उपसचिव संगिता ओझाले काउन्सिल मिडियाको अविभावक संस्था भएकाले यस्ता कार्यक्रम महत्वपूर्ण हुने भन्दै मन्त्रालयले मिडियाको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र बोर्ड सदस्य लालबाबु शेखले प्राप्त सुझावलाई गम्भीर रुपमा लिई आवश्यक प्रक्रियामा लैजाने जानकारी दिनुभयो । प्रेस काउन्सिल

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal