नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्छु: रामदेव

काठमाडौँ,४ मङ्सिर – भारतीय योगगुरु रामदेव बाबाले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताउनुभएको छ ।

शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा प्रशिक्षण गरेपछि प्रतिक्रिया दिँदै उहाँले भन्नुभयो, “नेपाल पशुपतिनाथ, मुक्तिनाथको देश हो, यो सीता माता र भगवान गौतमबुद्ध जन्मिएको धर्ती हो, म नेपालको यो धार्मिक तथा आध्यात्मिक पर्यटनको व्यापक प्रचार गर्छु, निःशुल्क प्रचार गर्छु ।”

 उहाँले नेपालमा आएर यस्ता पक्षको अध्ययन गर्न तथा धार्मिक पर्यटनका साथै यहाँको हिमालय क्षेत्र र स्वच्छ हावापानीबाट लाभान्वित हुन भारतीय पर्यटकलाई आग्रह पनि गर्नुभयो । नेपाल कैयौँ ऋषिमुनिको जन्मभूमि र तपोभूमि भएको स्मरण गर्दै उहाँले नेपालको धर्ती योग तथा ध्यानका लागि संसारकै उत्कृष्ट धर्ती हो भन्नुभयो ।    

 रामदेव बाबाले नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट गर्नुभयो । उहाँले भन्नुभयो, “नेपाल एकीकरण गर्ने पृथ्वीनारायण शाहप्रति मेरो नमन छ, जसरी मेरो भारतका बल्लव भाई पट्टेलप्रति सदैव श्रद्धा रही आएको छ ।   

 उहाँले चन्द्रागिरि हिल्सको धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा यहाँको प्राकृतिक सुन्दर पक्षको बयान गर्नुभयो । उहाँले भन्नुभयो “हिमशृङ्खला देखिने यस डाँडाको स्वच्छ हावा र प्राकृतिक सुन्दर पक्षका कारण योग तथा ध्यान गर्ने यो एक पुण्य भूमि हो भन्ने भलाई लाग्यो, यस्ता अलौकिक स्थान र सम्पदा नेपालमा मात्र छन्, त्यसैले नेपाल एक पुण्य भूमि हो ।  

 उहाँले भारतीय अध्यात्मिक व्यक्ति एवं पर्यटकलाई नेपाल आउन र यहाँ आएका बेला चन्द्रागिरि नछुटाउन आग्रह पनि गर्नुभयो । प्रशस्त हिमालय पर्वत रहेको तथा धार्मिक एवं पवित्र भूमि नेपाल योग तथा ध्यानका लागि संसारकै एक उत्कृष्ट धर्ती भएको उहाँले बताउनुभयो ।  

 बिहीबार नेपाल आएका भारतीय योगगुरु रामदेव बाबाले शनिबार बिहान चन्द्रागिरिमा योग ध्यान तथा योग प्रशिक्षण गराउनुभएको थियो । त्यस प्रशिक्षणमा उहाँका साथमा योगगुरु आचार्य बालकृष्ण पनि सहभागी हुनुहुन्थ्यो ।

 त्यस अवसरमा बाबा रामदेव र आचार्य बालकृष्णले धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको पर्वत चन्द्रागिरिको निरीक्षण गर्नुका साथै त्यहाँ राखिएको जीप लाइनमा पनि सयर गर्नुभएको थियो ।

 रामदेव बाबा र आचार्य बालकृष्णले त्यस अवसरमा चन्द्रागिरिमा अवस्थित भालेश्वर महादेव मन्दिरमा पूजाअर्चना पनि गर्नुभएको थियो । योगगुरु रामदेव बाबा र आचार्य बालकृष्ण बिहीबार नेपाल आउनुभएको हो ।रासस

ताजा

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal