तीर्थस्थलमा भक्तजनकाे आकर्षण बढ्दै


गाेपाल जिटी
वालिङ,२९ कात्तिक- गङ्गा स्नान र तुलसीको विवाह गरेर मनाइने हरिवोधनी अर्थात कार्तिके ठुली एकादशी पर्व यस पटक उत्साहजनकरुपमा मनाइएको छ । विगत दुई वर्ष कोरोना महामारीका कारण प्राय शुन्य रहेका तीर्थ स्थलहरुमा केहि खुकुलो भएपछि तीर्थालु भक्तजनहरुले यसपटक उल्लेख्यरुपमा मनाएका छन् । यसै क्रममा सोमबार स्याङ्जा र पाल्पाको सङ्गमस्थल राम्दीमा यश भन्दा पहिलाका मेलाकाे झल्काे दिनेगरी एकादशी मेला मनाइएको छ । धार्मिक, सांस्कृतिक र पर्यटकीय हिसावले समेत परिचित राम्दीमा यस्ता पर्वहरुमा धेरै वर्ष पहिलादेखि नै तीर्थालु भक्तजनहरुको घुईचाे लाग्ने गर्छ।
परम्परादेखि गरिदै आएको गङ्गास्नान तथा तोरण तार्ने भक्तजनहरुको यसपटक उल्लेख्य उपस्थिति रहेको थियो ।
कोभिडका कारण विगत दुई वर्ष मेला नलागे पनि यस पटक कोरोना महामारी नियन्त्रणमा आएकाले भक्तजनहरुको उपस्थिति राम्रै रहेको समाजसेवी सुदर्शन अमात्यले बताउनुभयो । पहिलाका मेलाको तुलनामा यस पटक ५० प्रतिशत उपस्थिति रहेको समाजसेवी अमात्यको भनाई छ ।
सत्ययुगमा भगवान राम आएर केहिदिन बसेको र गङ्गास्नान गरेको जनविश्वास रहेको रामनदिधाम एकिकृत विकास समितिका अध्यक्ष कौशिक महाराजले बताउनुभयो । विशेषगरी मगर भाषामा राम डी भनिदै आएको र भगवान रामले नुहाएको पानीबाट राम्दी नामाकरण गरिएको हुनसक्ने कौशिक महाराजले उल्लेख गर्नुभयो । उहाँले साधुसन्तहरु आउने बस्ने गर्दै आएको पवित्र तीर्थकारुपमा मान्दै आएको हुनाले पनि राम्दीकाे विशेष महत्व रहेको बताउनुभयो ।
पहिला राम्दी मात्रै भनिदै आएकोमा २०४२ सालमा योगी नरहरिनाथले कोटिहोम यज्ञ गरेपछि रामनदिधाम भनिदै आएको र यहाँको महत्व समेत गहिरिएको कौशिक महाराजले उल्लेख गर्नुभयो ।
यसैगरी राम्दीकाे मेलामा धर्म संस्कार संस्कृतिको महान पर्व भएको कालीगण्डकी ज्ञान प्रतिष्ठानका केन्द्रीय सदस्य तथा समाजसेवी जगदिशप्रसाद गैह्रेले बताउनुभयो । परम्परादेखि आफ्नाे आश्था र विश्वास अनि धार्मिक अस्तित्व जोगाईराख्नका लागि स्याङ्जा लगायत विभिन्न जिल्लाबाट भक्तजनहरु आउने गरेको प्रतिष्ठानका केन्द्रीय सदस्य गैह्रेको भनाई छ ।
स्थानीय सुनगुफा युवा क्लवको सक्रीयतामा मेलालाई व्यवस्थित गराउँदै आएको छ । क्लवको सक्रीयतामा जे जति भएको छ यसमा थप व्यवस्थापन गर्नुपर्ने छ र यसका लागि स्थानीय गल्याङ नगरपालिकाले चासो देखाउनुपर्ने क्लवका अध्यक्ष शिवहरि अमात्यले बताउनुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal