किसानलाई गहुँको बीउ वितरण

वालिङ,२५ कात्तिक– वालिङ नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।

नगरपालिकाले कृषि क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरणहरु, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।

नगरपालिकाले सूचना प्रकाशन गरे अनुसार माग गरेका समूह, सहकारी तथा ब्यक्तिहरुलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।

पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने दोस्रो चरणमा १७ क्वीन्टल बीउ उपलब्ध गराउने तयारी भईरहेको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताउनुभयो ।

नगरपालिकाले प्रकाशन गरेको सूचना अनुसार निवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal