किसानलाई गहुँको बीउ वितरण
वालिङ,२५ कात्तिक– वालिङ नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरेको छ ।
नगरपालिकाले कृषि क्षेत्रमा समयानुकुलका बीउ, बीजन, औजार, उपकरणहरु, कीटनाशक औषधिहरु उपलब्ध गराउँदै आएको र त्यसैलाई निरन्तरता दिंदै गहुँको बीउ उपलब्ध गराईएको नगर प्रमुख दिलीपप्रताप खाँणले बताउनुभयो ।
नगरपालिकाले सूचना प्रकाशन गरे अनुसार माग गरेका समूह, सहकारी तथा ब्यक्तिहरुलाई ढुवानीसहित ५० प्रतिशत अनुदानमा उन्नत जातको बीउ उपलब्ध गराईएको प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो ।
पहिलो चरणमा ४३ क्वीन्टल बीउ उपलब्ध गराएको छ भने दोस्रो चरणमा १७ क्वीन्टल बीउ उपलब्ध गराउने तयारी भईरहेको कृषि शाखाका प्राविधिक केशबहादुर थापाले बताउनुभयो ।
नगरपालिकाले प्रकाशन गरेको सूचना अनुसार निवेदन दिएका किसानहरुको मागका आधारमा ५० प्रतिशत अनुदानमा गौतम जातको उन्नत गहुँको बीउ उपलब्ध गराएको हो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























