स्वास्थ्यकर्मीलाई क्षमता अभिबृद्धि तालिम
वालिङ, ३ कात्तिक– वालिङ नगरभित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बृहत पोषण प्याकेज क्षमता अभिबृद्धिसम्बन्धी तालिम दिन शुरु गरिएको छ ।
वालिङ नगरपालिकाको आयोजनामा युएसएआईडी, सुआहारा, पोषण तथा खाद्य सुरक्षा नेपालको प्राविधिक सहयोगमा वालिङ नगरभित्रका १४ वटै वडामा रहेका अस्पताल, स्वास्थ्य चौकी, शहरी स्वास्थ्य क्लिनिकमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी तालिमको शुरुवात गरिएको हो ।
आजबाट शुरु भएको तालिम आगामी ९ गतेसम्म सञ्चालन हुने छ । तालिमको उद्घाटन गर्नुहुँदै वालिङ नगर उपप्रमुख कल्पना तिवारीले विशेष गरी सुनौला हजार दिनका आमा र बच्चाको पोषणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले बालबालिकाको शुरुवाती वर्षहरुमा पोषणमा गरिने लगानीले उनीहरुसँगै उनीहरुका परिवार र समग्र समुदायलाई नै दीर्घकालीन प्रतिफल दिने भएकाले समयमै सचेत भएर अगाडि बढ्नुपर्ने बताउनुभएको हो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अधिकृत राजन भट्टराईले एकहप्तासम्म तालिममा सिकेका सीप, ज्ञानलाई आ–आफ्नो कार्यक्षेत्रमा पुगेर कार्यान्वयन गर्न र आगामी दिनमा कुपोषणमुक्त समाज निर्माणमा लाग्न सुझाव दिनुभयो ।
स्वास्थ्यकर्मीहरु प्रायजसो सुनौला हजार दिने आमा तथा बालबालिकासँगै काम गर्ने भएकाले पनि आवश्यक सल्लाह, सुझाव तथा परामर्शहरु दिएर समाज रुपान्तरणमा सहयोगी भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको हो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बालबालिकाको जीवनरक्षा, स्वास्थ्य तथा विकासका लागि उपयुक्त पोषण एक दरिलो जग भएको बताउनुहुँदै राम्रो पोषण पाएका बालबालिकाहरु राम्ररी हुर्कन, सिक्न, समुदायमा सहभागी हुन र योगदान दिनुकासाथै रोग, विपत्ति तथा अन्य संकटहरुसँग जुध्न सामथ्र्यवान हुने भएकाले पोषणको निक्कै महत्व रहेको विचार ब्यक्त गर्नुभयो ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार





















