वालिङमा रेबिज विरुद्धको खोप अभियान शुरु
वालिङ,१३ असोज– स्याङ्जामा निशुल्क रेबिज विरुद्धको खोप अभियान शुरु भएको छ । सप्ताहब्यापी कार्यक्रम मंगलबारदेखि शुरु भएको हो ।
जिल्लाको वालिङमा, गल्याङ लगायतका पालिकाहरुमा अभियान अन्तर खोप लगाउन शुरु गरिएको छ ।
वालिङमा वालिङ नगरपालिका पशु सेवा शाखाको आयोजनामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्याङ्जा र लियो क्लब अफ वालिङ सिटीको सहकार्यमा ‘रेबिज तथ्य बुझौं, त्रसित नहोऔं’ भन्ने नाराका साथ यो अभियानको शुरु गरिएको छ ।
रेबिज विरुद्ध पहिलो पटक प्रभावकारी खोपको विकास गर्ने वैज्ञानिक लुइस पाश्चरको निधन भएको दिन सेप्टेम्बर २८ मा उहाँको योगदानलाई स्मरण गर्दै हरेक वर्ष रेबिज दिवस मनाउने गरिएको छ ।
सप्ताहब्यापी कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख दिलीपप्रताप खाँणले रेबिज विरुद्धको अभियानमा सबै एक भएर अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले घरभित्रका वा बाहिरका कुकुर बिरालोलाई रेबिजविरुद्धको खोप लगाई सुरक्षित रहनकालागि अनुरोधसमेत गर्नुभयो ।
रेबिज रोग लागिसकेपछि यसको उपचार तथा बिरामी बच्ने संभावना निक्कै कम हुने भएकाले रोग लाग्नै नदिनका लागि पूर्व सावधानीस्वरुप घरमा पालिएका वा सामुदायिक कुकुर बिरालोलाई निशुल्क रेबिजविरुद्धको खोप लगाईएको नगर प्रमुख खाँणले बताउनुभयो ।
रेबिज प्राणघातक रोग भएकाले पूर्व सावधानी अपनाउन सकेको खण्डमा यसबाट बच्न सकिने भएकाले रोग लाग्ने अवस्था आउन नदिनका लागि नगरपालिकाले निशुल्क खोपको ब्यवस्था गरेको शिक्षा शाखा प्रमुख बाबुराम सापकोटाले बताउनुभयो ।
एकसातासम्म सञ्चालन हुने भएकाले एकसातासम्म कुकुर बिरालोलाई निशुल्क खोप लगाउन सकिने पशु सेवा शाखा प्रमुख डा. बसन्तकुमार अधिकारीले बताउनुभयो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार























