खाद्य समस्या सम्बोधनका लागि काम गर्न किमको निर्देशन

सियोल,१८ भदौ– उत्तर कोरियाका नेता किम जोङ–उनले जलवायु परिवर्तनका कारण उत्पन्न खाद्य जोखिमको समाधानका लागि काम गर्न उत्तर कोरियाली अधिकारीहरूलाई निर्देशन दिनुभएको छ ।

जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई चर्चा गर्दा खाद्य सुरक्षाको पाटोलाई विशेष ध्यान दिनुपर्ने उहाँले बताउनुभएको हो ।

गएको वर्ष तुफानले उत्तर कोरियाको मुख्य खाद्यान्न बालीमा गम्भीर असर गरेको थियो भने यो वर्ष पनि केही हप्तासम्मको खडेरीपछि लामो मनसुन वर्षाका कारण बालीमा असर गरेको बताइउको छ ।

खडेरी तथा बाढीसहितका असामान्य मौसमी गतिविधिसँग जुध्नका लागि अबको प्रयास केन्द्रित हुनु पर्ने धारणा नेता किमले बिहीबार भएको पार्टीको पोलिटब्यूरो बैठकमा राख्नुभएको थियो ।

पछिल्ला वर्षहरुमा उत्तर कोरियामा पनि जलवायु परिवर्तनको असर गम्भीर रुपमा देखिन थालेको भन्दै उहाँले त्यससँग जुध्नका लागि तत्काल आन्तरिक प्रयास थालिनु पर्ने बताउनुभएको छ ।एजेन्सीको सहयोगमा

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal