उत्पादन मूलक कार्यमा लाग्न पूर्व मन्त्री अर्यालको आग्रह



स्याङ्जा,७ भदौ– पूर्व मन्त्री पद्मा कुमारी अर्यालले उत्पादन मूलक कार्यमा लाग्न आग्रह गर्नुभएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको २० लाख सहयोगमा कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्था वालिङले आयोजना गरेको ढाकाको साडी तथा अन्य ढाका कपडा बुनाइ सम्बन्धी तीन महिने तालिमको समापन समारोहमा बोल्दै पूर्व मन्त्री अर्यालले हरेक व्यवसाय उत्पादनमूलक हुनुपर्ने बताउनुभयो ।

उत्पादन मूलक व्यावसायले मात्रै जनताको जीवन स्तरमा परिवर्तन ल्याउने पूर्व मन्त्री अर्यालको भनाइ थियो । न्यून आयस्तर भएका नागरिकहरुलाई सीपमूलक तालिमको माध्यमबाट उत्पादन मूलक व्यावसायमा रुपान्तरण गर्न सकिने उहाँले बताउनुभयो ।
सहकारीले यस अघि पनि ढाकाको खादा तथा पछेउरा बुन्ने र अचार बनाउने तालिम समेत सञ्चालन गरेको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद मोहन रेग्मी, एमालेका नेता हुमबहादुर गुरुङ, एमालेका नगर कमिटि अध्यक्ष राजेन्द्र डुम्रे, जिल्ला समन्वय समिति उपप्रमुख दिलिपकुमार बगाले, खगिसरा थापा, सोमुमाया राना, कृष्ण रानालगायतले बोल्नुभएको थियो संस्थाका अध्यक्ष उमेश दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत रुपा थापा र सञ्चालन सचिव तेजबहादुर आलेले गर्नुभएको थियो ।

ताजा

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal