अमेरिकी सेनाले काबुलबाट उद्धार गरेका ११८ जना नेपाली काठमाडौं आइपुगे

काठमाडौं,१ भदौ – अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका ११८ जना नेपाली कामदार आज बिहान काठमाडौं आइपुगेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार कुवेतबाट चार्टर्ड विमान मार्फत मार्फत नेपालीलाई काठमाडौं ल्याइएको हो । 

कुवेतबाट जजिरा एयरवेजको विमान मार्फत मार्फत उनीहरू मंगलबार कुबेतबाट नेपाल आइपुगेका हुन् । अमेरिकाले आफ्नो खर्चमा उद्दार उडानमार्फत नेपालीलाई काठमाडौं ल्याएको हो । कामदारलाई स्वागत गर्न एयरपोर्टमा अमेरिकी दूतावासका कूटनीतिज्ञहरु पुगेका थिए ।  बिहान १० बजेर २० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको त्रिभुवन विमानस्थलका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।

उद्धार गरेर ल्याइएका नेपाली अफगानिस्तानस्थित अमेरिकी दूतावासमा सुरक्षा गार्डका रूपमा कार्यरत रहेको बताइएको छ । उनीहरूलाई यूएस फोर्सको विमानबाट काबुलबाट कुवेत पुर्‍याइएको थियो।

ताजा

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित

२०८३ आश्विन २४ गते, शनिबार

सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त

२०८३ आश्विन २३ गते, शुक्रबार

प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान

२०८३ आश्विन २३ गते, शुक्रबार

पोखरामा स्कुल बस दुर्घटना हुदा ५ जनाकाे मृत्यु

२०८३ आश्विन २३ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal