कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

  

चितवन,३१ साउन जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ ।    

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ । आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।”    
    
आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघि कै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइने छ । तोकिएका बाहेकका अन्य पसल आइतबार, मङ्गलबार र बिहीबार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउने छन् ।

यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुरेण्ट, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्ने छन् । सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइने छ ।    
    
यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाउनुभएको हो ।    
    
आवश्यक नपरी अस्पताल नआउनुस्भरतपुर अस्पताल    
    
भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा जगन्नाथ तिवारीले आज सार्वजनिक सूचना जारि गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गर्नुभएको हो ।    
    
सूचनामा भनिएको छ, “अस्पतालमा कोभिड सङ्क्रमितको उपचारका लागि छुट्याइएको श्यया सङ्ख्याभन्दा बढी सङ््ख्यामा बिरामीको उपचार गर्नुपरेको, सघन उपचर कक्ष, एचडियु, भेन्टिलेटर एवं अक्सिजन आवश्यक पर्ने बिरामीको सङ्ख्या अत्याधिक रहेको तथा कोभिड सङ्क्रमित बिरामीको मुत्युदर उच्च रहेको सन्दर्भमा आगामी दिनमा कोभिड सङ्क्रमित बिरामीको उपचार व्यवस्थापन थप कठिन हुँदै जाने देखिन्छ ।”    
    
अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनै पर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरुपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ ।    

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal