स्याङ्जामा दश हजार बढी नयाँ क्रियाशील सदस्य

वालिङ,१८ साउन– स्याङ्जामा नेपाली कांग्रेसका दश हजार नयाँ क्रियाशील सदस्य थपिएका छन् । पार्टीको आसन्न १४औँ महाधिवेशनलाई लक्षित गरी पुराना सदस्यको नवीकरणका साथै नयाँ दश हजार सदस्यता थप भएको कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर रानाले जानकारी दिनुभयो ।

तेह्रौँ महाधिवेशनमा क्रियाशील रहेका पुराना सदस्य ११ हजार २५६ रहेकामा नौ हजार ३४१ ले नवीकरण गरेका हुन् । क्रियाशील सदस्य सङ्ख्यालाई दोब्बर बनाउने लक्ष्यअनुसार थप क्रियाशील सदस्यता वितरण गरिएको कावा सभापति रानाले बताउनुभयो । जिल्लामा पुरानो क्रियाशील सदस्यमध्ये हाल नवीकरण भएका नौ हजार ३४१ र नयाँ सदस्यता १० हजार आठ गरी कूल १९ हजार ३४९ रहेका छन् ।

पाँच नगरपालिका र छवटा गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै वालिङ नगरपालिकामा चार हजार ३८५ र सबैभन्दा कम हरिनास गाउँपालिकामा ४९३ जना क्रियाशील सदस्य रहेका छन् । वालिङमा नयाँ दुई हजार २३९, पुतलीबजारमा एक हजार ६१०, चापाकोटमा एक हजार ३५१, गल्याङमा एक हजार १७१, भिरकोट नगरपालिकामा एक हजार ८० थपिएका हुन् ।

त्यस्तै कालीगण्डकीमा ६८८, आँधीखोलमा ४५३, अर्जुनचौपारीमा ४३१, बिरुवामा ४२१, फेदीखोलामा ३१० र हरिनास गाउँपालिकामा २५४ नयाँ क्रियाशील सदस्यता थपिएको छ । नयाँ र पुराना क्रियाशील सदस्यता गरी वालिङमा चार हजार ३८५, पुतलीबजारमा तीन हजार १५९, चापाकोटमा दुई हजार ४१५, गल्याङमा दुई हजार ३८१, भिरकोटमा एक हजार ९६० रहेका छन् ।

त्यस्तै कालीगण्डकीमा एक हजार ३४८, आँधीखोलामा ९१५, अर्जुनचौपारीमा ८८७, बिरुवामा ८२८, फेदीखोलामा ५७८ र हरिनासमा ४९३ क्रियाशील सदस्य पुगेका छन् । आसन्न १४ औँ महाधिवेशनका लागि वडा, नगर, क्षेत्र, जिल्ला तथा केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेपनि पछिल्लो समयमा आएर स्थगित भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा तातेको जिल्लाको चुनावी सरगर्मी निर्वाचनको मिति सरेसँगै विस्तार घटेको छ । यद्यपि विभिन्न तहमा उम्मेदवारीको आकांक्षीमा देखिएका नेताले भने भेटघाटलाई निरन्तरता दिएका छन् ।

नेताहरु सामूहिक वा व्यक्तिगतरुपमा कार्यकर्तालाई आफ्नो पक्षमा पार्नका लागि रणनीति बुन्दैछन् । वडा, नगर, क्षेत्र तथा जिल्लामा नेतृत्वमा सम्भावित आकांक्षीमध्ये केहीले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले पर्ख र हेरको अवस्थामा रहेका देखिन्छन् । 

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal