एमालेको आन्तरिक विवादमा सहमतिको प्रयास जारी, शनिबारसम्म सहमतिको प्रयास हुने
काठमाडौं,१५ साउन– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को आन्तरिक विवादमा सहमति खोज्ने प्रयास जारी छ । वरिष्ठ नेता माधवकुमार नेपाललाई सहमतिमा ल्याउन अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु आन्तरिक छलफलमा व्यस्त रहनुभएको छ ।
अध्यक्ष ओलीले शनिबारसम्म सहमतिको प्रयास गर्न आफू पक्षका नेताहरुलाई निर्देशन दिनुभएकाले दोस्रो तहका नेताहरु नेता नेपालसँग विहीबारदेखि नै नियमित छलफल र संबाद गरिरहनुभएको छ । नेता सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल पछिल्लो समय नेता नेपालसँग भेटी परामर्श गरिरहनुभएको छ । हिजो नेता नेम्वाङले नेता नेपालसँग आन्तरिक छलफल गर्नुभएको थियो । आज नेता पौडेलले छलफल गर्नुभयो ।
एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार अध्यक्ष ओलीले भोलि शनिबारसम्म सहमतिको प्रयास गर्ने समय दिनुभएको र सो समयभित्र सहमति हुनेमा आफूहरु विश्वस्त रहेको बताउनुभयो । लामो समय सहमतिका लागि लागिरहँदा अन्य काम प्रभावित हुने भन्दै अध्यक्ष ओलीले पार्टीको नियमित कामकाज आइतबारदेखि अगाडि बढाउन निर्देश गर्नुभएको छ । सम्भवतः आइतबारसम्म स्थायी कमिटी बैठक बसी पार्टीको आन्तरिक कामलाई गतिदिने निर्णय गर्नसक्ने पार्टी कार्यालय सचिव तामाङले बताउनुभयो ।
एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा साउन १५ को अवसरमा खीर खाने कार्यक्रम आयोजना गरेको छ । पार्टी कार्यालय सचिव तामाङका अनुसार नेताहरुलाई जमघट गराएर खीर खाई सौहाद्रपूर्ण वातावरण निर्माणको प्रयास गरिएको बताउनुभयो । सो अवसरमा महासचिव ईश्वर पोखरेलले पार्टीको आन्तरिक समस्या समाधानका लागि प्रयास भइरहेकाले चाँडै सहमति हुनेमा विश्वास व्यक्त गर्नुभयो । खीर खाने कार्यक्रममा नेता नेपाल पक्षका नेताहरु भने सहभागी नहुनुभएको नेता तामाङले जानकारी दिनुभयो । निमन्त्रणा भने सबैलाई गरिएको उहाँले बताउनुभयो ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















