नेपालले टी ट्वान्टी वरीयतामा आयरल्याण्डलाई पछिपार्यो
काठमाडौं,११ साउन– नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टी क्रिकेट वरीयतामा आयरल्याण्डलाई पछिपारेको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले जारी गरेको नयाँ वरीयतामा नेपाल १२ औं स्थानमा उक्लेको छ । यसअघि नेपाल १३ औं स्थानमा रहेको थियो ।
आईसीसीले आइतबार अन्तर्राष्ट्रिय टी ट्वान्टीको नयाँ वरीयता सार्वजनिक गरेको हो । आयरल्याण्डलाई उछिनेपछि एशोसिएट राष्ट्रहरुमा नेपाल अन्तर्राष्ट्रिय टी ट्वान्टीको वरीयतामा शीर्षस्थानमा पुगेको छ । नेपालभन्दा माथि सबै टेष्ट खेल्ने राष्ट्रहरु छन् ।
आयरल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तीन खेलको टी ट्वान्टी श्रृखंला हारेपछि उसको वरीयता खस्केको हो । नेपाल भने पछिल्लो तीन महिना यता कुनै अन्तर्राष्ट्रिय स्पर्धा खेलेको छैन । नेपालले घरेलु मैदानमा नेदरल्याण्ड्स र मलेसिया सम्मिलित टी ट्वान्टी श्रृखंला जिते यता निरन्तर विश्व वरीयतामा उक्लिदै आएको छ । नेपालभन्दा आयरल्याण्डको अङ्क बढी भए पनि रेटिंग्स समान छ । नेपाल र आयरल्याण्ड दुबैको रेटिंग्स समान १८७ रहेको छ ।
नयाँ वरीयता बमोजिम इंग्ल्याण्ड हाल शीर्षस्थानमा छ । भारत दोस्रो, न्युजिल्याण्ड तेस्रो, पाकिस्तान चौथो र अष्ट्रेलिया पाँचौं स्थानमा पुगेको छ । दक्षिण अफ्रिका छैटाैं, अफगानिस्तान सातौं, वेष्टइन्डिज आठौं, श्रीलङ्का ९ औं, बङ्गलादेश दशौं र जिम्बाब्वे ११ औं स्थानमा छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार






















