चार करोड लगानीमा सामूहिक भैंसीपालन
प्रकाशचन्द्र भट्टराई
दमौली,८ साउन – व्यास नपा–१ हाइस्कुलटारमा चार करोड रुपियाँको लगानीमा सामूहिक भैंसीपालन गरिएको छ । सोही वडाका चार जना मिलेर सेती मादी नदीको किनारको जग्गामा जलबाराही पशुपन्छी फार्म सञ्चालन गरि दुई वर्ष अघिबाट भैंसीपालन गरेका हुन् । दुई वर्ष अघि सुरु गरिएको उक्त फार्ममा अहिले साना–ठूला गरी ११२ वटा भैसी छन् । तीमध्ये आधाले दूध दिन्छ भने २१ व्टा भदौभित्रमा ब्याउनेछन् । हाल बिहान बेलुकी गरी दैनिक आठ सय लिटर दूध उत्पादन हुने फर्म सञ्चालक शर्मिला अधिकारीले बताउनुभयो ।
भैंसी पालनमा सबै आफन्तहरु संलग्न भएको अधिकारीले बताउनुभयो । यसो गर्दा सबैमा आत्मीयता र अपनत्वको भावना जाग्ने अधिकारीले बताउनुभयो । भैंसीपालनमा जग्गा सहित चार करोड लगानी पुगिसकेको छ । भंैसी खरिद र गोठ तथा अन्य भौतिक पूर्वाधार निर्माणको लागि मात्रै २ करोड ८० लाख रुपियाँ लगानी भएको अधिकारीले बताउनुभयो ।
अधिकारीका श्रीमान् भने हाल वैशिक रोगजारीको क्रममा दुबईमा हुनुहुन्छ । श्रीमान विदेशमा भए पनि आफु घरमा त्यसै बस्नुहुँदैन भन्ने ठानेर आफन्तहरुलाई सहमत गराई भैंसीपालनमा लागेको उहाँले बताउनुभयो । फार्मका अर्का सञ्चालक कृष्ण भण्डारीले दूध विक्रीबाट दैनिक ८० हजार रुपियाँ आम्दानी हुने बताउनुभयो । सबै दूध फार्मबाट नै विक्री हुने भण्डारीले बताउनुभयो । ‘बिहान ५ नबज्दै स्थानीय बासिन्दाहरु दूध लिन फार्ममा आइसक्नुहुन्छ ।’ भण्डारीले भन्नुभयो ‘शुद्ध दूध पाइने हुँदा स्थानीय मात्र नभई दमौली बजारबाट समेत दूध लिन आउनुहुन्छ ।’ अहिलेसम्म आफूहरुले बाहिरको डेरीलाई दूध विक्री गर्नु नपरेको भण्डारीले बताउनुभयो ।
भैंसीपालनमा यति धेरै लगानी भइसके पनि कुनै पनि तहको सरकारबाट अहिलेसम्म कुनै सहयोग नपाईएको अधिकारीले बताउनुभयो । अनुदानका लागि प्रदेश र सङ्घ सरकारमा फारम भरे पनि अहिलेसम्म कोही पनि अनुगनम तथा निरीक्षणको लागि नआएको उहाँले बताउनुभयो । ‘हुन त राज्यले अनुदान देला भनेर भैंसीपालन गरेको हैन’ अधिकारीले भन्नुभयो ‘तर पनि दुई चार वटा मात्र भैंसी पाल्नेले पनि अनुदान लिएको सुनिन्छ तर हाम्रो यति ठूलो फार्ममा अहिलेसम्म सरकारका मान्छेहरु हेर्नसम्म आएका छैनन् ।’
भैसीको लागि दाना र चोकरहरु सबै चितवनबाट ल्याउने भण्डारीले जानकारी दिनुभयो । दैनिक १५ बोरा भुस्सा र चार बोरा दाना खपत हुने उहाँले जानकारी दिनुभयो । भैंसीलाई खुवाउनका लागि व्यास नपा १३ को पोखरीभन्ज्याङमा २३ रोपनी र व्यास नपा १० को निर्बुमा ४५ रोपनी जग्गामा घाँस खेती गरिएको छ । भैंसीबाट निस्कने मलमूत्र कृषकले सुन्तला र कागती खेतीका लागि लैजाने गरेका छन् । स्रोतः गोरखापत्र
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















