एमाले कार्यदलको बैठक भाेलिसम्म स्थगित, सहमतिको खाका तयार हुँदै

काठमाडौँ,२४ असार। नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय दश सदस्यीय कार्यदलको बैठक भोलि शुक्रबार ११ः३० बजेससम्मका लागि स्थगित भएको छ । सिंहदरवारस्थित अर्थमन्त्रालयमा साँझ ८ः१५ बजे छोटो समय चलेको बैठक थप गृहकार्य गर्ने भन्दै भोलिसम्मका लागि  स्थगित भएको कार्यदलका सदस्यहरुले बताउनुभयो ।

आजको बैठकले सहमतिको खाकामा कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरेको भएपनि गृहकार्य नपुगेको अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहनुभएका सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । “कार्यदलस्तरमा सहमति बनेपछि पुनः अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर अन्तिम टुङ्गो लगाउने हाम्रो तयारी छ” नेम्वाङले भन्नुभयो ।

वरिष्ठ नेता नेपालले पार्टीभित्र अध्यक्ष ओलीकै हैसियतमा बरावर शक्ति सन्तुलनको माग खोज्नुभएको चर्चा छ । कार्यदलले सो विषयलाई भने टुङ्गो लगाउन नसक्ने बताएको छ । त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच नै सहमति हुनुपर्ने र बाँकी विषयमा कार्यदलले सल्टाउने तयारी गरेको छ ।

सांगठनिक संरचनामा शक्ति सन्तुलनदेखि लिएर २०७५ जेठ २ अघिको हैसियतमा एमालेको सांगठनिक गतिविधि सुचारु गर्ने विषयमा दुवै पक्षबीच मोटामोटी सहमति बनिसकेको कार्यदलका सदस्यहरुको भनाई छ । स्रोतःगोरखापत्र

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal