एमाले कार्यदलको बैठक भाेलिसम्म स्थगित, सहमतिको खाका तयार हुँदै

काठमाडौँ,२४ असार। नेकपा (एमाले)को आन्तरिक विवाद मिलाउन सक्रिय दश सदस्यीय कार्यदलको बैठक भोलि शुक्रबार ११ः३० बजेससम्मका लागि स्थगित भएको छ । सिंहदरवारस्थित अर्थमन्त्रालयमा साँझ ८ः१५ बजे छोटो समय चलेको बैठक थप गृहकार्य गर्ने भन्दै भोलिसम्मका लागि  स्थगित भएको कार्यदलका सदस्यहरुले बताउनुभयो ।

आजको बैठकले सहमतिको खाकामा कार्यदलस्तरबाट टुङ्गो लगाउने तयारी गरेको भएपनि गृहकार्य नपुगेको अध्यक्ष केपी शर्मा ओली पक्षबाट कार्यदलका संयोजक रहनुभएका सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो । “कार्यदलस्तरमा सहमति बनेपछि पुनः अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालसँग बसेर अन्तिम टुङ्गो लगाउने हाम्रो तयारी छ” नेम्वाङले भन्नुभयो ।

वरिष्ठ नेता नेपालले पार्टीभित्र अध्यक्ष ओलीकै हैसियतमा बरावर शक्ति सन्तुलनको माग खोज्नुभएको चर्चा छ । कार्यदलले सो विषयलाई भने टुङ्गो लगाउन नसक्ने बताएको छ । त्यसमा अध्यक्ष ओली र नेता नेपालबीच नै सहमति हुनुपर्ने र बाँकी विषयमा कार्यदलले सल्टाउने तयारी गरेको छ ।

सांगठनिक संरचनामा शक्ति सन्तुलनदेखि लिएर २०७५ जेठ २ अघिको हैसियतमा एमालेको सांगठनिक गतिविधि सुचारु गर्ने विषयमा दुवै पक्षबीच मोटामोटी सहमति बनिसकेको कार्यदलका सदस्यहरुको भनाई छ । स्रोतःगोरखापत्र

ताजा

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal