स्वास्थ्य केन्द्रको लागि पोखरेल परिवारद्वारा निशुल्क जग्गा उपलब्ध
स्याङ्जा,२४ असार– पुतलीबजार ४ नागडाडाका स्थानियले स्वास्थ्य केन्द्रको लागि निशुल्क जग्गा उपलब्ध गराएकाछन् । सोही वडाका सेतीदेवी पोखरेल र चुडामणी पोखरेलले पुतलीबजार नगरपालिका प्रमुख सीमा कुमारी क्षेत्रीलाई जग्गाधनी प्रमाण पुर्जा हस्तान्तरण गर्नुभएको हो ।
जग्गाधनी प्रमाण पुर्जा ग्रहण गर्दै नगरप्रमुख क्षेत्रीले जग्गा उपलब्ध गराएकोमा सेतीदेवी पोखरेल र चुडामणी पोखरेललाई धन्यबाद दिदै नगरप्रमुख क्षेत्रीले प्राप्त जग्गामा भवन निर्माण गरी स्थानीयहरुलाई आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराइने बताउनुभयो । जग्गा दाता पोखरेल द्वोयलाई नगरप्रमुख क्षेत्रीले सम्मान समेत गर्नुभएको थियो ।
आधारभूत स्वास्थ्य केन्द्रको निर्माणको लागि चुडामणी पोखरेलले १० आना ३ दाम र सेतीदेवी पोखरेलले २ आना ३ दाम जग्गा उपलब्ध गराउनुभएको नगरपालिकाले जनाएको छ ।
मालपोत कार्यालयबाट आधारभूत स्वास्थ्य केन्द्रका नाममा जग्गा पास गरीएको पुतलीबजार नगरपालिका–४ का वडा अध्यक्ष ओमबहादुर खड्काले जानकारी दिनुभयो ।
ताजा
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार
मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह
२०८३ असार १५ गते, सोमबार
जिप दुर्घटना हुदा एककाे मृत्यु १८जना घाईते
२०८३ असार १२ गते, शुक्रबार
कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट
२०८३ असार ११ गते, बिहीबार
बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी
२०८३ असार ११ गते, बिहीबार
स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म
२०८३ असार ९ गते, मंगलवार
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
२०८३ असार ८ गते, सोमबार





















