सेतीवेणीका बाढि पिडितको बस्तीमा नगरप्रमुख अधिकारी
केपी खनाल
गल्याङ,२४ असार– लगातारको वर्षातका कारण समस्यामा परेका वासिन्दालाई सान्त्वना दिन गल्याङ नगरप्रमुख भुपराज अधिकारी वडा नम्बर ५ सेतीवेणीमा पुग्नुभएको छ । निरन्तरको वर्षाले कालीगण्डकी नदीको सतह बढेर समस्यामा परेका स्थानीयको अवस्था बुझ्न नगरप्रमुख अधिकारी पिडितहरुको बस्तीमा पुग्नुभएको हो ।
सो अवसरमा नगरप्रमुख अधिकारीले तत्कालित राहतको रुपमा जनही पाँच हजारका दरले बाढि पिडितलाई रकम हस्तान्तरण पनि गर्नुभएको छ । केही दिन अगाडि परेको पानीका कारण सेतीवेणीमा रहेका दशवटा पसलमा बाढिले असर पु¥याएको थियो भने एक घर पूर्ण रुपमा क्षति भएको थियो ।
पूर्ण क्षति भएका परिवारलाई २० हजार र अन्य पिडित सहित १९ परिवारलाई पाँच हजारका दरले नगरप्रमुख अधिकारीले तत्कालिन राहत उपलब्ध गराउनुभएको हो ।
बाढिले तहसनहस बनाएको सेतीवेणी क्षेत्रको अवलोकन पछि गरिएको कार्यक्रममा नगरप्रमुख अधिकारीले पिडितहरुलाई उचित क्षतिपूर्तिको पहल गर्ने बताउनुभयो ।
उहाँले नगरवासीलाई समस्या पर्दा आफु सधैं समाधानको प्रयत्नमा लाग्ने भन्दै पालिकाको तर्फबाट र अन्य निकायबाट सक्दो सहयोग गर्ने आश्वासन दिनुभयो ।
नगरप्रमुख अधिकारीले सेतीवेणीका वासिन्दाको चाहनाका आधारमा बैकल्पिक बसोबासको व्यवस्थाका लागि आफुले पहल गर्ने बताउनुभयो । कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनासँग समन्वय गरेर बस्ती स्थानान्तरण गर्ने वा अन्य विकल्पमा स्थानीयको चाहना अनुसार आफुले दीर्घकालिन समाधानको पहल गर्ने उहाँले बताउनुभयो ।
नगरप्रमुख अधिकारीले भन्नुभयो, ‘दुर्गम क्षेत्रमा रहेका र विपन्न परिवारहरु राहत लिन कम पुग्ने गर्नुभएको छ, तर मेरो प्राथमिकता त्यही वर्गमा रहनेछ ।’
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष विष्णुबहादुर बस्याल क्षेत्रीले स्थानीयको समस्या समाधानमा आफु सधैं प्रयासमा रहेको बताउनुभयो ।
कार्यक्रममा स्थानीयबासीले कालीगण्डकी ‘ए’ जलविद्युत परियोजनाको कारण आफुहरुले वर्षेनी पिडा भोग्नुपरेको गुनासो गरेका छन् ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार























