आँधीखोला गाउँपालिकाद्वारा कृषकलाई फलफूका बिरुवा वितरण
स्याङ्जा,१४ असार– आँधीखोला गाउँपालिकाले कृषकलाई फलफूलका बिरुवा वितरण गरेको छ । गाउँपालिकाले पालिका भीत्र रहेका सबै वडाका कृषकका साथै व्यावसायीक रुपमा कृषि फर्म सञ्चालन गर्दै आएका किसानलाई ५० प्रतिशत अनुदानमा कागती र सुन्तलाका बिरुवा वितरण गरेको हो ।
फलफूल खेति तर्फ किसानहरूलाई आर्कषण गर्ने उद्देश्यले ३ सय ५० जना किसानलाई ४ हजार ५ सय सुन्तलाका बिरुवा र २ हजार ५ सय कागती बिरुवा वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले किसानलाई व्यावसायीक फलफूल खेतिबाट आर्थिक रूपमा सक्षम बनाउने योजना अनुसार बिरुवा वितरण गरिएको बताउनुभयो ।
व्यावसायीक कृषि पेशामा लाग्ने कृषकलाई गाउँपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै आएको र सहयोग निरन्तर रहने बताउनुभयो ।
कृषिसँगै पर्यटनको पनि प्रशस्त सम्भावना बोकेको आँधीखोला गाउँपालिकाको समृद्धिको लागि भर्खरै सम्पन्न भएको गाउँसभाले पनि कृषि र पर्यटनलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो ।
पालिका भीत्रको माटो परीक्षण गरेर सोही आधारमा बिरुवा बितरण गरिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो ।
कृषि योग्य जमीनमा माटोको अम्लिय पन बढ्दै गएकोले माटोमा भएको अम्लिय पन घटाउनको लागि कृषकहरुलाई निशुल्क कृषि चुन वितरण गरिएको समेत गाउँपालिकाले जनाएको छ ।
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार























