वडा कार्यालयद्वारा शिक्षकलाई अनलाइन शिक्षण सम्बन्धी तालिम


स्याङ्जा,१४ असार– वालिङ नगरपालिका १३ नम्बर वडा कार्यालयले वडा भीत्र रहेका विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनलाइन शिक्षण सम्बन्धी तालिम सञ्चालन गरेको छ ।
कोरोना संक्रमणका कारण विद्यालयमा भौतिक रुपमा विद्यार्थी उपस्थित भएर पठपाठन गर्ने अवस्था नभएपछि वडा कार्यालयले विद्यार्थीको पढाईलाई मध्यनजर गरेर अनलाइन कक्षाको सञ्चालन गुर्न पूर्व शिक्षकहरुलाई अनलाइन शिक्षणको लागि आवश्यक तालिम शनिबारदेखि सञ्चालन गरेको वडा अध्यक्ष आनन्द पाठकले बताउनुभयो । वडा अध्यक्ष पाठकले भन्नुभयो, “कोरोना संक्रमणको महामारी कहिले रोकिन्छ भन्ने यकिन नभएकोले विद्यार्थीको पढाईमा असर नपरोस भनेर वडा कार्यालयले अनलाइनबाटै वडा भीत्रका सबै विद्यालयहरुमा पठपाठन सञ्चालन गर्ने निर्णय गरेर त्यसैको तयारीको लागि शिक्षकलाई तालिम दिएकाहौ ।” शिक्षकलाई अनलाइन प्रविधिको बारेमा तालिम दिए संगै विद्यार्थीले सहजरुपमा आफ्नो घरमै बसेर बढ्न पाउँने अध्यक्ष पाठकको भनाइरहेको छ ।
वडा भीत्र रहेका ५ सामुदायीक विद्यालय २ संस्थागत विद्यालयका शिक्षकहरुलाई पायक पर्ने विद्यालयमा तालिम दिने व्यवस्था वडा कार्यालयले मिलाएको छ भने वालिङ १३ मा रहेको आँधीखोला बहुप्राविधिक शिक्षालयले शिक्षकहरुलाई अनलाइन शिक्षण सम्बन्धी प्राविधिक विषयहरुमा प्रशिक्षण दिएको छ ।

आँधीखोला बहुप्राविधिक शिक्षालयका प्रमुख नविन किशोर गैह्रेले वडा कार्यालयले शिक्षकहरुका लागि आयोजना तालिममा आनलाइन शिक्षणका बारेमा सहजिकरण गरेको बताउनुभयो । अनलाइन शिक्षणको लागि प्रविधिक कुराहरुका बारेमा जानकारी हुन अति आवश्यक भएकोले आफुहरुले अनलाइन शिक्षणको लागि जुम लगायतका अन्य एप्सहरुको प्रयोगका साथै शिक्षणको लागि आवश्यक विषवस्तुको तयारी र प्रस्तुतीका बारेमा शिक्षकहरुलाई सिकाएको बताउनुभयो ।
अनालाइन कक्षा सञ्चालनको लागि शिक्षकले प्रस्तुती गरेको कुरा कसरी सरल किसिमले विद्यार्थी माझ पुर्याउने र शिक्षण कार्यलाई कसरी सहज र सरल बनाउन सकिन्छ भन्ने बारेमा व्यवहारीक सिपमका बारेमा तालिममा सहजिकरण गरिएको प्रमुख गैह्रेको भनाइ छ ।
केही दिन पहिले वडा कार्यालयले वडा भीत्र रहेका विद्यार्थीको घरघरमा निशुल्क इन्टरनेट जडान गर्ने निर्णय गरेको थियो ।

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal