रामपुरमा रक्तदान कार्यक्रम सम्पन्न


रामपुर,१२ असार– रामपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । युथ युनियन मटेरी र रामपुर नगरपालिकाको संयुक्त आयोजना तथा नेपाल स्वंयमसेवी रक्तदान दाता समाज रुपन्देहीको समन्वयमा बृहद रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले रचनात्मक कार्यक्रम गर्ने युवाहरुलाई धन्यवाद दिनुभएको छ । उहाँले रामपुरमा ब्लडबैंकको स्थापना गर्नु अत्यन्त आवस्यक रहेकोमा जोड दिदै यसरी सिर्जनशिल र रचनात्मक काम गर्नेहरुलाई नगरपालिका सधैं सहयोग गर्न तत्पर रहेको बताउनुभयो ।

रामपुर मटेरीमा युथ युनियन मटेरीका अध्यक्ष भिमबहादुर रानाले कार्यक्रममा ६५ जनाले रक्तदान गरेको जानकारी दिनुभयो । युथ युनियनका सचिव दिपेन्द्र भट्टराईले कोभिड–१९ को जोखिमको समयमा कतिपय नागरिक रगत अभाव भएर ज्यान समेत गएको खवर सुनेकोले यस्तो दुःखद अवस्थाको सिर्जना नहोस् भनेर युथ युनियनले नगरपालिकासँग मिलेर स्वंमसेवी रक्तदानदाता समाज रुपन्देही शाखाको समन्वय र लुम्बिनी मेडिकल कलेज र रामपुर अस्पतालको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।
संकलन गरिएको रगत लुम्बिनी मेडिकल कलेज प्रभास तानसेन पठाइएको छ । क्लवले कोभिड १९ को संक्रमणको समयमा कसैलाई पनि रगत अभावका कारण ज्यान गुमाउनुपर्ने बाध्यता नआओस् भनेर रक्तदान गरिएको युथ युनियन मटेरीले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal