सरकार बनाउन अनैतिक सम्झौता, अब नैतिक संकट
पोखरा,६ असार– इमान्दार र निष्ठा भएका नेताको रुपमा पहिचान भएका गण्डकि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र जनता समाजवादी पार्टीबीच सरकार बनाउनका लागि अनैतिक सम्झौता भएको लिखित सहमति पत्र सार्बजनिक भएको छ । सत्ताको चाबी हातमा लिएको जनता समाजवादी पार्टीले विश्वासको मत दिनु अघि लज्जाजनक बार्गेनिङ गरेपछि मुख्यमन्त्री पोखरेल एक्लैले प्रदेशको ऐन नै संशोधन गर्ने गरी सम्झौता गरेका छन् । सम्झौताको पहिलो बुँदा त उनको क्षमता भन्दा बाहिरको छ ।
एमाले नेतृत्वको सरकार हटाउन कांग्रेस, माओवादी, जसपा, जनमोर्चा र स्वतन्त्रको गठबन्धन बनेको थियो । उनीहरुबीच हरेक कुरा सहमति र सहकार्यमा गर्ने अनौपचारिक सहमति पनि भएको थियो । तर जिम्मेबारी वाँडफाडमा यी दुई दलले एक्लै सम्झौता गरेका छन् । विश्वासको मत पाउने अघिल्दो दिन मुख्यमन्त्री पोखरेलले जसपासँग एक्लै सम्झौता गरेका छन् । त्यो सम्झौताको दोस्रो बुँदामा जसपालाई अर्थ मन्त्रालयसहित २ वटा मन्त्रालय दिने कुरा उल्लेख छ । यो सहमतिका बारेमा गठबन्धनको दोस्रो ठुलो दल माओवादी केन्द्र समेत बेखर छ ।
पहिलो बुँदामा प्रदेश सभामा दलीय मान्यता पाउनका लागि बनाइएको थ्रेसहोल्ड हटाउने कुरा उल्खेछ । दोस्रो बुँदामा सरकार सञ्चालनका लागि उच्चस्तरीय राजनैतिक संयन्त्र बनाउने कुरा छ । उक्ता संयन्त्रमा गठबन्धनका सबै दलबाट २–२ जना सदस्य रहने र यसैको निर्देशनमा व्यवस्थित रुपमा सरकार सञ्चालन गर्ने कुरा छ । तेस्रो बुँदामा सत्ता सहकार्यको कुरा छ । गण्डकी प्रदेश सभामा २ सदस्यमात्र रहेको जसपाको दुवै जनालाई मन्त्री बनाउने गरी मुख्यमन्त्री पोखरेल र जसपाका संसदीय दलका नेता आचार्यले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा पनि अर्थ मन्त्रालय सहित २ वटा मन्त्रालय दिने स्पष्ट उल्लेख गरिएको छ । चौथो बुँदमा प्रदेश सरकारबाट हुने राजनैतिक नियुक्तिमा पनि भागबण्डा गरेरै गर्ने सहमति कायम गरिएको छ । यो बुँदमा गठबन्धनको भावनालाई सम्बोधन हुने गरी राजनैतिक नियुक्ति गरिने सम्झौता गरिएको छ ।
यही सम्झौता भएपछि जसपाले मुख्यमन्त्री पोखरेललाई विश्वासको मत दिएको छ । अहिले यही सम्झौता अनुसार चल्न मुख्यमन्त्री पोखरेललाई अप्ठेरो परेको छ । अर्थमन्त्रालय नपाए सरकारमा नजाने अडानमा जसपाका आचार्या छन् भने अर्थमन्त्रालय र भौतिक योजना मन्त्रालय साना दललाई दिन नसकिने अडानमा कांग्रेस र माओवादी केन्द्र छन् । माओवादी केन्द्रले दोस्रो ठुलो दलको हैसियतले अर्थमन्त्रालय वा भौतिक योजना मन्त्रालय मध्ये १ नछोड्ने अडान लिएको छ । अर्थमन्त्रालयको जिम्मेवारी अनौपचारिक रुपमा कांग्रेसका कुमार खड्काले पाइसकेका छन् । यस्तो अवस्थामा मुख्यमन्त्री पोखरेल नैतिक संकटमा परेका छन् । स्रोत समाधान
ताजा
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार
नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा निर्वाचित
२०८३ आश्विन २४ गते, शनिबार
सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक दाहाल सेवाबाट बर्खास्त
२०८३ आश्विन २३ गते, शुक्रबार
प्रहरी दिवसको अवसरमा स्याङ्जामा२२ जनाले गरे रक्तदान
२०८३ आश्विन २३ गते, शुक्रबार






















