मनाङको तालगाउँमा राहत पुगेन, बाढीपीडित भन्छन् : सरकार कहाँ छ ?
बेलिना थापा
लमजुङ, ५ असार– हिमाली जिल्ला मनाङको नासों गाउँपालिका १ तालगाउँका बाढी पीडितले सरकारले चासो नदिएको बताएका छन् । जेठ ३१ गते सोमबार राती भीषण बर्षा हुँदा आएको बाढीले सिंगो तालगाउँ डुबानमा परेको थियो । बाढी आएको एकसाता हुँदा पनि सरकारको तर्फबाट कुनै सहयोग नपाएको उनीहरुको गुनासो छ ।
कुनै राहतको व्यवस्था नभएपछि क्रष्टकर र दयनिय अवस्थामा बस्न बाध्य भएको उनीहरुको गुनासो छ । स्थानीय ललिता गुरुङका अनुसार बाढीले घर डुबानमा परेपछि कहिले जंगल, कहिले डाँडातिर त कहिले ओडारको बास भएको छ । गाउँलाई फर्किएर हेर्दा मन भकानिन्छ । ‘सोच्दै नसोंचेको कुरा भयो । एक्कासि बाढी आएर घर डुब्यो । दिउँसोको समय भएकाले जसोतसो ज्यान बचाउन सकियो’ उहाँले भन्नुभयो, ‘कहिले मस्र्याङदीमा पानी घट्ला अनि घर गएर केही सामान खोजेर ल्याउ जस्तो हुन्छ । तल नदीमा हे¥यो, पानी घट्दै घट्दैन ।’
उहाँका अनुसार यो अवधिका सरकारी निकायले कुनै सहयोग गरेको छैन । न बासका लागि नै त । न खानका लागि । स्थानीय मिनराशी गुरुङका अनुसार घर पूर्ण रुपमा डुबानमो नपरेको अवस्थामा त्यही घरमा पुगेर ल्याएको खानेकुरा खाने गरिएको छ । बाढी बढ्दै जाँदा लत्ताकपडा भने केहीले मात्र ल्याउन पाए । उहाँले भन्नुभयो–‘भएका केही खाद्यान्न पनि सकिन लाग्यो । कसैले सहयोग गरेन । ओढ्ने, ओछ्याउने कपडा छैन । न प्रदेश सरकारले सहयोग गर्छ, न संघ सरकारले । अहिलेसम्म जसोतसो अरुको घरमा, डाँडातिर गएर बसेका छौं । अब खान र सुत्न नपाएर मर्ने होकी भन्ने चिन्ता छ ।’
बस्न र खानका लागि धौधौ भएको बेलामा सरकारको नाक, मुख देख्न नपाएको बताउनुभयो । सरकारनै नभएको महसुस भएको बताउनुभयो । सरकारले हेलनाको दृष्टिले हेरेको स्थानीयको गुनासो छ ।
ताल स्वास्थ्यचौकीका प्रमुख धनबहादुर तामाङका अनुसार सरकारको तर्फबाट शुक्रबार प्रभावित २४ जनाको उद्दार गरिएको थियो । त्यो बाहेक कुनै सहयोग नभएको उहाँले बताउनुभयो । गास, बास र कपासको समस्या हुने अवस्थामा पुगेकाले तालगाउँबासी दुखि भएको बताउनुभयो । ‘यहाँको जीवन संघर्षमा छ । घरमा बस्ने अवस्था छैन । कति बेला पुरिने हो थाह छैन’ उहाँले भन्नुभयो, ‘भएका खानेकुरा पनि सकिन लाग्यो । नुनतेल छैन । सुत्ने, ओढ्ने कपडा छैन । सरकारले हेर्न पर्दैन ? खोई सरकार कहाँ छ ?’
६२ घरधुरी रहेको तालगाउँका करिव ३०० स्थानीय पुलडाँडा, घेराङ र तालको स्वास्थ्यचौकीमा बस्दै आएका छन् । घेराङमा भने ११ घरजति छन् । उनीहरुको कै घरमा कष्ट मोलेर बसिएका छन् । एकै ठाउँमा धेरैजना बस्नुपर्ने अवस्था छ । वडासचिव चेतमान श्रेष्ठका अनुसार केही बृद्धबृद्धा, बालबच्चाको भने हेलिकप्टरबाट उद्दार भएको छ । राहतको नाम केही आएको छैन । केही सामुदायिक भवनतिर, केही त्रिपाल टाँगेर बस्ने गरेका छन् । बाढीले वडा कार्यालय, विद्यालय, अन्य कार्यालय, घर, गोठहरु सबै डुबेको छ । तिनै तहका सरकारसंग राहतका लागि माग रहेको बताउनुभयो । विदेशका रहेकाहरु र केहीले व्यक्तिगत रुपमा भने राहत सामग्री लिएर आएका छन् । सरकारी स्तरबाट भने कुनै सहयोग नआएको तालबासीको गुनासो छ ।
वडाध्यक्ष झलक गुरुङका अनुसार बाढीका कारण बिजुलीका पोलहरु ढलेर बिजुली बन्द छ । मोबाइलको नेटवर्क छैन । एउटा घरमा भने बिजुली बनाएर वाईफाई सञ्चालन गरिएको छ । अन्य नागरिक अन्धकारमा छन् । कसैलाई गुनासा तथा खबर गर्न परे म्यासेन्जरको मार्फतबाट सम्पर्क गर्ने गरेका छन् । सरकारको सहयोग नपाएपछि नागरिक निराशमा रहेको गुरुङले बताउनुभयो । स्रोतः गोरखापत्र
ताजा
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
याक र चौरीलाई लेक लगिँदै
२०८३ बैशाख २८ गते, सोमबार
एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
२०८३ बैशाख २८ गते, सोमबार
राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत
२०८३ बैशाख २८ गते, सोमबार
विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्याली
२०८३ बैशाख २० गते, आईतवार
डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती
२०८३ बैशाख २० गते, आईतवार
एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने
२०८३ बैशाख २० गते, आईतवार
आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने
२०८३ बैशाख २० गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार























