केरोनाभाईरसको उत्पत्ति, कर्तव्य कि भवितव्य ?

खुमकान्त अर्याल

कर्तव्य भन्नाले मानिसहरुले अनिवार्यरुपमा गर्नै पर्ने मध्येका कामहरु भन्ने वुझिन्छ तर समाजमा मानिसको अस्वाभाविक मृत्यु, अगालागि तथा धनजनको नोक्सानी हुने गम्भीर घटना भयो भने पनि भन्ने गरिन्छ, कर्तव्य हो कि भवितव्य ? अर्थात कसैले नियतवस गराएको घटना हो वा आँफै हुन गएको ? गत डेढ वर्षदेखि कोरोना भाईरस स्रकमणको कारणले विश्वभरका धेरै नागरिकहरुको असामयिक मृत्यु भैरहेको छ । करौडौं विरामी भैरहेका छन, लामो लकडाउनका कारण चरम अभाव, शंकट, आर्थिक मन्दी र विपत्तिको सामना गरिरहनुपर्दा आजित भएर भन्न थालेकाछन् कि यो कोरोना नाम गरेको भाईरस भवितव्यबाटै उत्पत्ति भए होला कि कसैको यसमा हात छ ?

भाईरसको उत्पत्ति, वृद्दि, फैलावट, स्वभाव, र मानव शरीरमा यसको असरको वारेमा अध्यायन गर्ने, तथ्य प्रमाणित गर्ने र असर गर्ने भाईरसबाट मानव स्वास्थ्य वचाउनको लागि आवस्यक औषधी तथा खोप वनाउने कार्य नितान्त विज्ञानको विषय हो, त्यसमध्ये पनि विश्वव्यापीरुपमा फैलने महामारीबाट वचाउनको लागि विश्वस्वास्थ्य संगठनले नै औषधी तथा खोप वनाउने मापदन्ड, आवस्यक आचार संहिताको निर्धारण गर्ने कार्यको नेत्रृत्व गर्दछ ।

चीनको वुहान शहरमा जनवरी २०२० मा उत्पत्ति भएको भनिएको नोवेल कोरोना भाईरस, मानिसदेखि मानिसमा सर्ने संक्रामक र घातक रोग भएकोले गत वर्षको मार्च महिनामा विश्वस्वास्थ्य संगठनले यसलाई महामारी रोगको रुपमा घोषणा गरेको थियो । भाईरस विश्वभर फैलिएर मानिसहरुको मृत्युहुन थालेपछि विश्वभरका वैज्ञानिकहरु, स्वास्थ्य विज्ञ तथा जीवाणु विशेषज्ञहरुले यो भाईरसको अध्यायन गरे तर रोग निको पार्ने औषधी निर्धारण गर्न समस्या भएपछि भाईरसको उत्पत्ति भएको स्थल तथा सुरुवाती चरणका संक्रमित विरामीहरुको गहन अध्ययन गर्नको लागि विश्वस्वास्थ्य संगठन संग माग गरेका थिए ।

भाईरस उत्पत्ति भएको १४ महिना पछि मात्र २०२१ फेवु्रअरीमा जाँचको लागि स्वास्थ्य संगठनको टोली वुहानमा पुग्यो र गत मार्च महिनामा प्रतिवेदन सार्वजनिक गर्यो । औषधि वनाउन आवस्यक पर्ने धेरै डाटा प्राप्त हुने आसा गरिएको वहुप्रतीक्षित जाँचको प्रतिवेदनले भाईरसको उत्पत्ति केबाट भयो ? चमेरामा भएको भाईरस कुन जनावरलाई माध्यम गराई मानिसमा प्रवेश गरेको थियो भन्ने वारेमा किटान गर्न सकेन ।
भाईरसको अनुसन्धान गरिने चीनको वुहान ल्यावबाट कोरोना भाईरस लिक भएको हुनसक्ने विषयमा गरिएको ध्यानाकर्षण प्रति विश्वास्वास्थ्य संगठनले खासै मतलव गरेन र ल्यावबाट भाईरस चुहिएर वाहिर आउन सक्ने शिद्दान्तलाई खारेज गर्यो प्रतिवेदनले । भनिन्छ विश्वस्वास्थ्य संगठनको जाँच टोलीलाई चीन सरकारले स्वतन्त्र अध्ययनको लागि सहयोग नगरेको, टीमलाई वुहान भाइरोलोजी ल्यावको डाटा नदेखाएको र सुरुवातका कोरोना विरामीहरुको रगत तथा स्वास्थ्य जाँच सम्वन्धि विवरणहरु उपलव्ध नगराईएको र केवल चीनिया वैज्ञानिकहरु र तँहाका विज्ञ स्वास्थ्य अधिकारीहरुले जे भने उनीहरुले जे विवरण दिए तेसैलाई धेरै आधार मानेर विश्वस्वास्थ्य संगठनको जाँच टीमले प्रतिवेदन तैयार गरी सार्वजनिक गरिएपछि, विश्वस्तरमा धेरै विज्ञहरु र सरकारहरुले यो प्रतिवेदन अपुरो भएको भनेर आलोचना गर,े टीमकै सदस्यले पनि यो कुरा भने । भर्खरै मै महिनामा सम्पन्न विश्व स्वास्थ्य संगठनको सभामा पनि यो विषयमा चर्चा भयो । अमेरिका जापान असट्रेलिया र युरोप समेतका धेरै मुलूकहरुले स्वतन्त्र जाँचकर्ताहरुबाट फेरी उत्पत्तिस्थल र वुहान ल्यावको वैज्ञानिक हिसावले पारदर्शीरुपमा स्वतन्त्र जाँच गर्न माग गरिरहेका छन् । १३ मईमा प्रकाशित द जर्नल साइन्सका अनुसार १८ जाना वैज्ञानिकहरुले पनि कोरोना उत्पत्तिका वारे पुन जाँच गर्नुपर्ने राय राखेका थिए । ल्याव लिक थ्योरीलाई अस्वीकार गर्दै आएका ं विश्वस्वास्थ्य संगठनका प्रमुख डा। टेड्रोस अधानोम पनि अहिले आएर पुनः जाँच गर्नको लागि अभिव्यक्ति दिन थालेका छन ।

कतिपय वैज्ञानिकहरुले भनेका छन कि वुहानको भाइरोलजी ल्यावमा, ‘द गेन अफ फङसन रिसर्च प्रोजेक्ट’ ९भाईरस भविस्यमा म्युटेड हुदै जादा मानव स्वास्थ्यका लागि कति घातक हुनेछ र यसको लागि कस्तो तयारी वा दवाई वनाउन पर्दछ भन्ने प्रयोजनको लागि चलाईने परियोजना हो, तर चीनिया व्याट वुमेन भनिने भाइरोलजिस्ट सि भङलीले यसको खन्डन गरेकीछन ० अन्तर्गत चमेरामा पाईने भाईरसमा कृतिम गुणहरु थपेर अझै कडा भाईरस वनाईएको हुन सक्ने दावी गर्दै आएका छन् कतिले त यसको पुष्टिको लागि आफ्रनो विष्लेषण पत्र समेत जारी गरेका छन र यस्तो भनाई राख्नेमा चीनिया भाईरोलजिस्ट डा। लि मेङ,यान, फ्रान्सका नोवलपुरस्कार विजेता वैज्ञानिक।ल्युक।मोन्टेग्नीयर,।वेलायतका प्रोफेसर एङ्रगस डगलेस।।।।।नर्वेका वैज्ञानिक।डा वर्जर सरेन्स।।।हुन् ।
कतिपय भाइरोलजिस्टहरुले भन्ने गरेकाछन, प्राकृतिक रुपमा भाईरसको म्युटेड हुन धेरै समय लाग्ने हुन्छ तर कोरोना भाईरसले थोरै समय भित्रै रुपहरु वदल्दै अझ धेरै घातक र संक्रमणको दर वढ्रदै गएको देखिएको छ । अहिले १ वर्ष भित्रै कोरोना भाईरसको दोश्रो लहरबाट प्रभावित विरामीहरुमा अल्फा नामको कोरोना भाईरस देखिएको थियो यो संक्रमण खास गरी वेलायतमा देखियो यसै गरी भाईरसको आर्को म्युटेशन भारतमा देखिएको छ जसलाई डेल्टा भेरिएन्ट भिनएको छ र यसपछि पनि डेल्टा प्लस भेरिएन्ट समेत देखा परिसकेको दावी गरिएको छ । वैज्ञानिकहरु अहिले पनि भन्दैछन कि कोरोना भाइरसको थप संक्रामक भेरिएन्टहरु आईरहने अनुमान गरीरहेका छन ।

अरु देशमा भाईरसले रुप वदलेर जनस्वास्थ्य गम्भीररुपमा प्रभावित भै उत्पादनको कार्य शिथील भैरहेको छ अर्थतन्त्र माइनस तिर गैरहेको छ तर भाईरस उत्पत्ति भएका ठाउँ चीनमा भने जीवन सामान्य ढंगले मात्र चलेको हो र अझ धेरै शक्तिसाथ औध्योगिक उत्पादन वढाएर आर्थिक वृद्दि कायम गर्दै वैश्विक वितरण प्रणाली आफ्रनो हातमा लिन सफल भैरहेको छ । कोरोना भाईरसको पहिलो लहर पछि प्राय सवै देशहरुमा मास्क लगाउने, भौतिक दुरी कायम गरीकन मानिसहरु जम्माहूने प्रचलन सवैतिर लागु भैरहेको छ तर चीनिया नागरिकहरु कतिपय विभिन्न सार्वजनिक स्थलमा, भेलामा खुलारुपमा मास्क नलागाईकन घुम्दा, भेटघाट गर्दा र समारोहमा रमाएको देखिएको छ भने कतै प्रोटोकल लागु गरिएको छ तर त्यँहा कोरोनाको दोश्रोलहर नदेखिनुले पनि कोरोना भाईरसको उत्पत्तिलाई चीनको ग्लोवल सुपरपावर वन्ने कन्सिपिरेसी थ्योरी हो भन्नेको तर्कलाई वल मिलेको छ । यता चीनले भने पुनः जाँचको माग गर्ने देश खासगरी अमेरिकालाई आफ्रनो देशमा स्वास्थ्य व्यवस्थापन गरेर जनतालाई सुरक्षित राख्न नसकेकोले विषयलाई राजनीतिकरण गर्दै वा तथ्यलाई वङ्रग्याउदै आफ्रनो कमजोरी लुकाउने प्रयास हो भन्दै उपरोक्त ल्यावलिक तथा कन्सपीरेसी दुवै थ्योरीलाई अस्वीकार गर्दै आएको छ र वुहानको पुनः जाँच गर्ने मागलाई अस्वीकार गर्ने आसय देखाईरहेको छ ।

यी त भए विश्वका अनुभवी भाईरोलजिस्टहरु तथा वैज्ञानिकहरुका आआफना तर्क तथा निस्कर्षहरु । हामी सर्वसाधारण मानिसहरु संग कुनै वैज्ञानिक तथ्य प्रमाण तथा निस्कर्षहरु हुनसक्ने कुरा भएन तर अतिसोझो मान्छेले पनि के भन्न सक्छ भने जव त्यही शहरको कुनै ठाउँमा चमेरामा हुने भाईरस र अरु हजारौं प्रकारका भाईरसको अनुसन्धान भैरहेको छ र त्यसैको नजिकैबाट चमेरामा भएको भाईरस संग मिल्दो कोरोना नामको भाईरसका विरामी मानिस देखा परेका छन भने कतै त्यही प्रयोगशालाबाट जानअनजानमा भाईरस वाहिर आयो कि ? स्वतः भन्ने गर्दछन, भलै यो कुनै वैज्ञानिक तथ्य होइन । यस्तै तर्क संग मेल खानेगरी वालस्ट्रिट जनरल पत्रिकाकाको हालैको प्रकाशनमा सन २०२० को अक्टुवर नोवम्वर महिनामा वुहान ल्यावमा काम गर्ने ३ जाना प्राविधिकहरु कोरोनाको लक्षण संग मिल्ने विरामी भएका थिए भनेर प्रकाशन गरेको थियो । जवकी चीनले डिसेम्वर ९।१० तारिकमा मात्र पहिलो विरामी कोरोना भाईरस संक्रमित भएको पुष्टि गरेको थियो ।
कोरोना भाईरसको संक्रमणले विश्वभरका सवै वर्ग जाति लिंग समाज प्रभावित भैरहेका छन ।
आज सम्म करिव ३७ लाख मानिसको मृत्यु भैसकेको छ, १८ करोड भन्दा वढी विरामी परे, मृत्यु भएका परिवारको पीडा, संक्रमित विरामीहरुले व्यहोरीरहेको कष्ट धेरै दुखदायी छ यसका साथै लामो लकडाउनले श्रृजना गरको आर्थिक मान्दि वेरोजगारी, गरिवी, अभावले पारेको मानसिक यातनाको मुल्य गरेर सकिने अवस्था छैन । यस कोरोना माहामारीबाट सन्सारभरीका सवै मानिसहरु विभिन्न तरहले प्रभावित भएकाछन्, प्रभावितलाई यसका उत्पत्तिका वारे जिज्ञासा राख्ने हक हुन्छ र सत्यकुरा जान्न पाएपछि जति नोक्सानी भएपनि चित्त वुझ्रछ । वुहानको मासु वजारमा हुने चमेराबाट कुनै जनावर मार्फत कोराना भाईरस मानिसमा सरेको हुन सक्ने चीन सरकारको भनाईको पनि पुष्टि हुन नसकेको हुदा, कोरोना उत्पत्तिका वारे थप जाँच हुनुपर्ने यसै पनि देखियो । एउटा सामान्य जहाज दुर्घटनामा २।४ जनाको मृत्यु हुदा त जाँच कमिटी गठन गरेर एक पटकमा वास्तविक कारण पत्ता नलागेमा समय थप गरेर पटक पटक गरिन्छ यो त सन्सार भरका मानवको जीवन रक्षाको सवाल हो ।

स्वतन्त्र वैज्ञानिक जाँचले भोलीका दिनका लागि यस्ता महामारीको उत्पत्तिबाट वच्ने उपाय, जिम्मेवार व्यक्ति तथा संस्थाका जवाफदेहिता तथा थप अन्तराष्ट्रिय कानूनहरु निर्माण गर्ने मार्ग प्रदर्शन गर्नेछ । उत्पत्ति सम्वन्धका तथ्य सुचनाहरुले कोरोना निवारणको औषधी चाडो वन्न सक्ने हुदा सन्सारभरका मानवको कल्याणार्थ कोरोना भाईरसको उत्पत्तिका वारे पुनःं स्वतन्त्र जाँच हुनै पर्दछ, जाँचले सवैतिरको अनावस्यक आशंकाहरु समाप्त गर्दछ र लान्छना लगाउने कार्य पनि वन्द हुन्छ, तव सर्वसाधारणको कर्तव्य र भवितव्यका जिज्ञासा वन्द हुनेछन ।
स्रोतः विभिन्न न्युज एजेन्सीहरु

ताजा

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

याक र चौरीलाई लेक लगिँदै

२०८३ बैशाख २८ गते, सोमबार

एसईईको नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

२०८३ बैशाख २८ गते, सोमबार

राष्ट्रपति पौडेलद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

२०८३ बैशाख २८ गते, सोमबार

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा माइतिघरमा ऐक्यवद्धता र्‍याली

२०८३ बैशाख २० गते, आईतवार

डिजिटल पहुँच विस्तार तीव्र,उपयोग र नियन्त्रणमा चुनौती

२०८३ बैशाख २० गते, आईतवार

एक हजार ५९४ पदाधिकारी पदमुक्त हुने

२०८३ बैशाख २० गते, आईतवार

आजको मौसमः केही स्थानमा मध्यम वर्षा र हिमपात हुने

२०८३ बैशाख २० गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal