स्याङ्जा समाज यूकेद्वारा जिल्लाका ६ पालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग
हिमलाल पराजुली
स्याङ्जा,२० जेठ– स्याङ्जा समाज यूके परिवारले जिल्लाका ६ पालिकालाई अक्सिजन कन्सनट्रेटर सहयोग गरेको छ । स्याङ्जा घर भइ बिभिन्न कामको शिलशिलामा यूकेमा रहेर रोजगारी गर्दै आएका जिल्ला बासिहरुको संस्था स्याङ्जा समाज यूकेले जिल्लामा कोरोना महामारी बढ्दै गएको अवस्थामा कोरोना संक्रमणबाट प्रभावित बिरामीहरुको उपचारमा सहयोग पुर्याउने उद्देश्यले बिहीबार पुतलीबजार नगरपालिकामा सो सामग्री हस्तान्तरण गरेको हो ।
सहयोग सामग्री स्याङ्जा समाज यूकेका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीलाई हस्तान्तरण गर्नुभएको थियो । सहयोग ग्रहण गर्दै पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्रीले कोरोना महामारीको संकटको समयमा विदेशमा रहेर पनि आफ्नो जिल्लालाई दुःखको बेलामा सम्झेर सहयोग गरेकोमा स्याङ्जा समाज यूके परिवार प्रति धन्यवाद दिदै स्वास्थ्य सामग्रीले जिल्लमा उपचारको लागि सहयोग पुग्ने बताउनुभयो । नगरप्रमुख क्षेत्रीले भन्नुभयो, “संकटको बेला स्याङ्जा समाज यूकेले गरेको सहयोगले धेरुै बिरामीहरुको ज्यान बचाउन सहयोग पुर्याउनेछ, यो सहयोगका लागि म समाज प्रति धन्यवाद दिन चाहान्छु ।” नगरप्रमुख क्षेत्रीले अक्सिजन अभाव भएको खण्डमा कन्सनट्रेटर प्रयोग गर्न सकिने बताउनुभयो ।
स्याङ्जा समाज यूकेका प्रतिनिधि मेजर लक्ष्मी प्रसाद गुरुङले कोरोना संक्रमणका समयमा जिल्लामा बिरामीको उपचारमा सहयो पुर्याउने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको बताउनुभयो । स्याङ्जा समाज यूकेले जिल्लाका पुलतीबजार नगपालिका सहित वालिङ, गल्याङ नगरपालिका, फेदीखोला, विरुवा र आँधीखोला गाउँपालिकामा रहेका स्वास्थ्य संस्थालाई कन्सनट्रेटर उपलब्ध गराएको हो ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
























