राजा वीरेन्द्रको वंशनास भएको २० वर्ष पुरा, रहस्यमै दरबार हत्याकाण्ड


काठमाडौं,१९ जेठ– राजा वीरेन्द्रको वंशनास भएको आज २० वर्ष पुरा भएको छ । नारायणहिटी दरबाद हत्याकाण्ड भएको २० वर्ष पग्दा समेत हत्याकाण्ड भने रहस्यमै छ ।

२०५८ जेठ १९ गते राती नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र शाहसहित उहाँको वंशनास हुने गरी हत्याकाण्ड मच्चाइएको थियो । हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्र्य, युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुती र अधिराजकुमार निराजन शाहको हत्या भएको थियो । उहाँहरुसँगै दरबारका सदस्य तथा आफन्तहरुको समेत सो हत्याकाण्डमा ज्यान गुमाएका थिए ।

उच्च सुरक्षा घेराभित्र रहेको राजदरबारजस्तो संवेदनशील ठाउँमा देशको राजासहित राजपरिवारका सदस्यको हत्याको कारण अहिलेसम्म रहस्यमै छ । तत्कालीन छानविन समितिले युवराज दीपेन्द्रले आफ्नो परिवारका सबै सदस्यलाई गोली प्राहार गरी आफूले पनि टाउकोमा गोली हानेर निधन भएको निष्कर्ष निकाले पनि जनताले अहिलेसम्म त्यो कुरालाई पत्याउन सकेकाछैन ।

उदार छवीका कारण राजा वीरेन्द्र जनतामाझ निकै लोकप्रिय हुनहुन्थ्यो । उहाँको हत्यापछि भाइ ज्ञानेन्द्र शाह राजगद्धीमा आसीन भए पनि उहाँले नेपालको राजतन्त्रलाई लामो समयसम्म टिकाउनै सक्नुभएन । राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्र समाप्त भयो । ज्ञानेन्द्र राजा भएको ७ वर्षमै २०६५ जेठ १५ गते मुलुकमा राजतन्त्रको समाप्ती भयो । ज्ञानेन्द्र नेपालको शाह वंशीय अन्तिम राजा हुनुहुन्छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal