पुतलीबजारमा हाते ट्याक्टर मर्मत केन्द्र


स्याङ्जा,३० चैत–पुतलीबजार नगरपालिकामा संचालित मिनि पावर टिलर (हाते ट्याक्टर) मर्मत केन्द्रको नगरप्रमुअ सीमा कुमारी क्षेत्रीले उद्घाटन गर्नुभएको छ । पुतलीबजार नगरपालिका र संयुक्तराष्ट्र संघीय विकास कार्यक्रम युएनडीपीको आर्थिक सहयोग तथा सूर्योदय क्लबको व्यवस्थापनमा संचालित कोभिड १९ उद्धार तथा सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्तरगत स्थापना गरिएको दुई ओटा मर्मत केन्द्रको उद्घाटन गर्दै नगरप्रमुख क्षेत्रीले हाते ट्याक्टर सहुलियत दरमा उपलब्ध गराएपनि मर्मत केन्द्रको अभावमा किसानलाई सदुपयोग गर्न समस्या भएकोले मर्मत केन्द्र स्थापनामा परियोजना मार्फत सहयोग गरिएको बताउँनुभयो ।
प्रमुख क्षेत्रीले तालिम पश्चात आवश्यक सम्पूर्ण सामाग्री सहित मर्मत केन्द्र स्थापना गरिएको बताउदै दक्ष प्राविधिक मार्फत स्थानीय स्तरमै मर्मत गराउँन ट्याक्टर संचालकहरुलाई अनुरोध गर्नुभयो ।
परियोजना अन्तगर्त पुतलीबजार नगरपालिका १० का कुशल गुरुङको तेजेन मिनि पावर ट्याक्टर मर्मत केन्द्र र ३ का आनन्द मरासिनी मिनि पावर ट्याक्टर मर्मत केन्द्रका लागि जनशक्ति विकास र आवश्यक सामाग्री सहयोग गरिएको सूर्योदय क्लबका अध्यक्ष अनन्तकुमार श्रेष्ठले बताउनुभयो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal