उत्पादित वस्तुको बजारीकरणमा सरकार लाग्छ ः मन्त्री अर्याल


मुस्ताङ,३० चैत– कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले कृषि उत्पादित वस्तुको बजारीकरणका लागि सरकारले अध्ययन शुरु गरेको बताउनु भएको छ । हिमालपारीको जिल्ला मुस्ताङमा रहेको प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङले जिल्ला भित्रका कृषकहरुलाई हाइबृड स्याउका बिरुवा वितरण गर्ने कार्यक्रमको सोमबार शुभारम्भ गर्दै मन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
स्याउको नर्सरी बनाउनका लागि बजेट तथा कार्यक्रम स्वीकृत भै सकेकोले आगामी दिनमा स्याउ कृषकलाई बिरुवाको अभाव नदिने मन्त्री अर्यालले बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, ‘तपाईहरु उत्पादन कार्यमा लाग्नुहोस सरकारले अध्ययन टोली बनाइसकेको छ । बाजारिकरणमा सरकारले सहयोग गर्छ ।’ जिल्ला भित्रका प्रतिनिधिहरुले आफ्नो भूमिका उत्कृष्ट तवरले निर्वाह गरेको बताउँदै मन्त्री अर्यालले आगामी दिनमा जिल्लामा कृषि तथा पशुपंक्षीको उत्पादकत्व बढाउने कार्यका लागि आफ्नो उपस्थिति र भूमिका मजबुत बनाउन आग्रह गर्नुभयो ।

जोमसोममा स्याउका बिरुवा कृषकलाई हस्तान्तरण गरेर कृषि मन्त्री अर्यालले विरुवा वितरण कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । स्याउ जोन जोमसोमले युरोपियन मुलुक इटालीबाट ल्याएर हाइडेन्सीटी स्याउका बिरुवा वितरण गर्न लागेको स्याउ जोनका वरिष्ठ कृषि अधिकृत सुधीर थापाले बताउनुभयो । ९ हजार २ सय ३० बिरुवा वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा सोमबार ६ हजार २ सय ४० विरुवा वितरण गर्न लागिएको वरिष्ठ अधिकृत थापाले बताउनुभयो ।
जिल्ला भित्रका विभिन्न १५ वटा सहकारी तथा समूहले स्याउका बिरुवा माग गरेकोले स्याउ जोन मुस्ताङ मार्फत गोल्डेन डेलिसियस, गाला, फुजी र रेड डेलिसियस जातका बिरुवा ल्याएर बितरण गरिएको हो । नेपालमा बिरुवा उत्पादन नभएको हुनाले हाइडेन्सीटी स्याउ एक मिटरको दुरीमा लगाउन मिल्ने र उत्पादन बढी दिने भएकाले पनि मुस्ताङमा यो स्याउ उत्कृष्ट हुने थापाले बताउनुभयो ।
संघिय सरकारको बजेट अनुरुप ५० प्रतिशत अनुदानमा वितरण गरिएको उक्त स्याउको बिरुवा जोमसोम आइपुग्दा प्रतिबोट एक हजार १ सय ७० रुपैंया खर्च लागेको छ । संघिय सरकारको बजेटमा मुस्ताङ जिल्ला भित्र २ करोड ६० लाखमा स्याउको बिरुवा वितरण, नर्सरी, साना सिंचाई लगायतका कार्यक्रम सञ्चालन हुने प्रधानमन्त्री कृषि आधुनिकिरण कार्यक्रम अन्तरगत स्याउ जोन मुस्ताङका बरिष्ठ कृषि अधिकृत शुधिर थापाले बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal