गरिब लक्षित कार्यक्रम ल्याउछौँ ः मन्त्री अर्याल
वालिङ, २७ चैत–कृषि तथ पशुपंक्षी विकास मन्त्री पद्मा कुमारी अर्यालले सरकारले अव गरिबी निवारणका लागि गरिब लक्षित कार्यक्रम ल्याउने बताउनुभएको छ । शुक्रबार वालिङमा अदुवा खेती पैँचो कार्यक्रमअन्र्तगत बिउ वितरण कार्यक्रमको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकारले गरिव पहिचान गरी गरिब लक्षित कार्यक्रम ल्याउने तयारीमा रहेको बताउनुभयो ।
भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण र कृषि तथा पशु पंक्षी विकास मन्त्रालयको कार्यक्रम अन्र्तगत वालिङमा अदुवा बेसार पैँचो कार्यक्रम सञ्चालन गरिएको छ ।
कार्यक्रममा मन्त्री अर्यालले भन्नुभयो, ‘पकेट क्षेत्र घोषणा गरी पशुपालन, तरकारी तथा फलफुल खेती नगदेबाली लगाउन सकिन्छ । कृषि उत्पादनमै जोड दिऔँ ।’
उद्यमी बन्न चाहाने जोकोहीलाई पनि सरकारले प्राविधिक सहयोगदेखि अन्य अनुदानका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको बताउदै व्यवसायिक खेती प्रणालीमा लाग्नुपर्नेमा मन्त्री अर्यालले जोड दिनुभयो । विभिन्न स्थानहरुमा संकलन केन्द्र स्थापना गरी कृषकका कृषि उपजको बजारीकरणका लागिा सरकारले समन्वय गर्ने बताउनुभयो । मन्त्री अयालले भन्नुभयो, ‘पायक पर्ने स्थानमा संकलन केन्द्रको स्थापना गरी कृषि उपजको बजारीकरणका लागि तीन ओटै तहको सरकारले समन्वय गर्नेछन् ।’
सुरक्षित जनता आवास कार्यक्रम अन्र्तगत खरकार छाना विस्थापित कार्यक्रमले जनता खुसी भएको मन्त्री अर्यालको भनाइ थियो । आगामी आर्थिक वर्षभित्रै जिल्लालाई खरका छाना मुक्त बनाउने समेत मन्त्री अर्यालले बताउनुभयो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको नारालाई सार्थकता दिनका लागि जनतालक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको भन्दै मन्त्री अर्यालले नागरिकका आधारभूत आवश्यक्ता पुरा गर्ने अभियानमा सरकार लागि परेमो उहाँको भनाइ रहेको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















