आलु भित्र्याएर मनाए महिलाहरुले अन्तराष्ट्रिय श्रमिक महिला दिवस

वालिङ,२४ फागुन–वालिङका महिलाहरुले आफ्नै उत्पादन भित्र्याएर १ सय ११ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएकाछन् । वालिङ नगरपालिका ८ मा रहेको समाजसुधार बहुउदेश्यीय आमा समूहमा आवद्ध महिलाहरुले सामुहिक रुपमा उत्पादन गरेको आलु भित्र्याएर दिवस मनाएका हुन् ।
बजार क्षेत्रका ७० जना महिलाहरुको समूहले सामुहिक खेती अन्तरगत आलु खेती गरेको समूहकी अध्यक्ष प्रेमकुमारी रेग्मीले बताउनु भयो ।

समुहिक आलु खेतीको लागि दियालो संस्थाले बिउ उपलव्ध गराएको र उत्पादन पनि राम्रो भएकोले आफुहरुलाई उत्साहित बनाएको संस्थाका सचिव इन्दिरा गैह्रेले बताउनु भयो ।
वालिङ उद्योग बाणिज्य संघ महिला उद्यमी समूहकी अध्यक्ष समेत रहनु भएकी कविता भुषालले सामुहिक रुपमा खेती गर्दा निक्कै आनन्द आएको र यो कार्यलाई निरन्तरता दिने बताउनुभयो ।
उत्पादन भएको आलु सदस्यहरुलाई नै बिक्री गरीने र समूहको कोष बृद्धि गरीने अध्यक्ष रेग्मीको भनाइरहेको छ । रेग्मीले भन्नुभयो, “आगामी दिनमा सामुहिक खेतीको लागि अरुको भर पर्नु पर्ने अवस्थाको अन्त्य गर्ने गरी लागि परेका छौंं ।”

वालिङ नगरपालिका र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) को आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा वालिङमा सञ्चालित “कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना” अन्तर्गत सो समूहले ५ रोपनी जग्गा भाडामा लिएर आलु खेती गरेको हो ।

ताजा
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न
२०८३ बैशाख १३ गते, आईतवार
गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा
२०८३ बैशाख ९ गते, बुधबार
आज मातातीर्थ औँसी
२०८३ बैशाख ४ गते, शुक्रबार
वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वगृहमन्त्री रमेश लेखक रिहा
२०८२ चैत्र २६ गते, बिहीबार
पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो
२०८२ चैत्र २६ गते, बिहीबार
लेबनान आक्रमणले युद्धविराम सङ्कटमा
२०८२ चैत्र २६ गते, बिहीबार
सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत
२०८२ चैत्र २६ गते, बिहीबार
पोखरा सभागृहचोकमा महिलाको हत्या
२०८२ चैत्र २६ गते, बिहीबार





















