ब्यावसायीद्वारा समस्या समाधानका बारेमा छलफल

वालिङ,९ फागुन– स्याङ्जा जिल्ला भीत्र रहेका उद्योग वाणिज्य संघका पदाधीकारीहरुले उद्योग व्यावसायमा परेको समस्याका बारेमा छलफल कार्यक्रम सम्पन्न गरेकाछन् ।
वालिङ उद्योग वाणिज्य संघको कार्यालयमा भएको छलफलमा जिल्ला भीत्र रहेका उद्योग वाणिज्य संघका अध्यक्ष एवं प्रतिनिधिको उपस्थितीमा छलफल कार्यक्रम सम्पनन् गरिएको हो ।

कार्यक्रममा जिल्ला भीत्र तथा यस क्षेत्रमा उद्योग ब्यापार ब्यवसाय सञ्चालनका क्रममा देखा परेका विभिन्न ब्यवसायिक समस्याहरुको बारेमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको वालिङ उद्योग वाणिज्य संघले जनाएको छ ।
छलफलका क्रममा ब्यवसायिक क्षेत्रमा देखिएका विभिन्न समस्याहरु न्युन बिजकीकरणबाट उत्पन्न समस्या, सिद्धार्थ राजमार्गको राम्दी पुलको भारवहन क्षमता वृद्धि, वैकल्पिक पुल निर्माण गर्नुपर्ने,पहाडी क्षेत्रका वितरक तथा होलसेलरहरुलाई भीसीटीएस अनिवार्य गरिनु नहुने, कर, अन्तःशुल्क, घरेलु नवीकरण लगायतका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा वालिङसंघका अध्यक्ष एवम् केन्द्रीय सदस्य शोभाकान्त पौडेलले जिल्लाभित्रका सबै उद्योग वाणिज्य संघहरुलाई एक ठाउँमा राखी ब्यवसायिक क्षेत्रमा परेका समस्याहरु समाधान गर्न पहल गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभएको थियो । पौडेलले बैठकबाट निकालिएको निष्कर्षलाई नै आसन्न नेपाल उद्योग वाणिज्य महासंघको बैठकमा प्रस्तुत एवम् छलफल गर्ने तथा स्थानीय र प्रदेश सरकारबाट सम्बोधन हुने खालका समस्याहरुलाई सम्बन्धित निकायसँग आवश्यक पैरवी गर्ने बताउनुभएको छ । जिल्लाका विभिन्न उद्योग वाणिज्य संघका अध्यक्षहरुबाट यस किसिमको बैठक आगामी दिनमा हरेक तीन महिनामा क्रमशः सबै उद्योग वाणिज्य संघले आतिथ्य गरी आयोजना गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कार्यक्रममा स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष रविन्द्रमान श्रेष्ठ तथा सदस्य रविन के.सी., भिरकोट उद्योग वाणिज्य संघका अध्यक्ष भक्तबहादुर के.सी., गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञप्रसाद अर्याल लगायतको सहभागितामा भएको कार्यक्रम वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य शोभाकान्त पौडेलको अध्यक्षता तथा महासचिव केशरबहादुर खाँणको सञ्चालन सम्पन्न भएको
संघका कार्यकारी सचिव बाबुराम रेग्मीले जानकारी दिनुभयो ।

ताजा

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal