स्टिमरमा प्रेस संगठन नेपाल स्याङ्जाको जिल्ला भेला

मिर्मी,८ फागुन – प्रेस संगठन नेपाल स्याङ्जाको जिल्ला भेला कालीगण्डकी गाउँपालिका स्थित कालीगण्डकीमा निर्माण भएको तालमा सम्पन्न भएको छ । संगठनले कोरोना संक्रमणका कारण लामो समयसम्म बन्ध रहेको पर्यटकीय क्षेत्रको प्रचार प्रसारमा टेवा पुर्याउने उद्देश्यले कालीगण्डकीमा निर्माण भएको तालमा स्टिमरमा जिल्ला भेला सम्पन्न गरेको हो ।
प्रेस संगठनको जिल्ला भेलाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै कालीगण्डी गाउँपालिकाका प्रमुख खिमबहादुर थापाले पत्रकारिताले सर्वसाधारण जनतालाई मात्रै नभएर सिंगो मुलुकलाई नै सही बाटो देखाउने भएकोले यस्तो महत्वपूर्ण क्षेत्रमा लाग्ने पत्रकारहरुले सत्यतथ्यमा आधारित भएर आफ्ना गतिविधिहरु गर्नुपर्ने बताउनुभयो । अध्यक्ष थापाले भन्नुभयो, ‘पत्रकारले असल समाज निर्माणको लागि सकरात्मक खालका समाचारहरु सम्प्रेषण गर्नुपछ’, जस्का कारण समाजमा द्वोन्द होइन एकता कायम गर्ने वातावरण सिर्जना होस । प्रेस संगठनले जिल्लाको दुर्गम भागमा रहेको गाउँपालिकाको पर्यटन प्रवर्धनलाई समेत सहयोग पुग्ने गरी कालीगण्डी नदिमा जिल्ला भेलाको आयोजना गरेकोमा धन्यवाद दिदै पत्रकारिता क्षेत्रको लागि पालिकाले सक्दो सहयो गर्ने समेत पालिका अध्यक्ष थापाको भनाइ रहेको थियो ।

कार्यक्रममा नेकपाका जिल्ला अध्यक्ष सूर्यप्रसाद गैह्रे (पारस) ले प्रेस संगठन नेपाल एक शसक्त पत्रकारहरुको संगठन भएकोले यसमा आवद्ध पत्रकारहरुले आफुलाई सोही अनुसार प्रस्तुत गर्नुपर्ने बताउनुभयो । अध्यक्ष गैह्रेले अहिले देशको राजनीतिक माहोल केही फरक देखिएको अवस्थामा पत्रकारहरुले पनि परिस्थीती अनुसार आफुलाई समायोजन गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष गैह्रेले पार्टीको तर्फबाट संगठनको लागि आवश्यक सहयोग गर्ने बताउदै पत्रकार र पार्टीका विचमा समन्वय गरेर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा प्रेस संगठन गण्डकी प्रदेश संयोजक सुष्मा पौडेलले प्रेस संगठ व्यावसायीक पत्रकारितामा आवद्ध पत्रकारहरुको संगठन भएकोले आफ्नो मूल्य र मान्यतामा रहेर देशर जनतालाई सूसूचि पार्ने अभियानमा आफुलाई केन्द्रित गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश संयोजक पौडेलले अहिले प्रेस संगठन यतिबेला देश व्यापी रुपमा जिल्ला भेलाहरु सम्पन्न गर्ने अभियानमा रहेको बताउदै प्रेस संगठन स्याङ्जाले जलयात्रामै ऐतिहासिक जिल्ला भेला गरेकोमा धन्यवाद दिदै आसन्न नेपाल पत्रकार महासंघको चुनावमा संगठनले अन्य संगठनहरु संग पनि सहकार्य र समतिमा अगाडी बढ्न पहल गर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला समनन्वय समितिका उपप्रमुख दिलिपकुमार बगाले, नेकपा वालिङ नगरकमिटी अध्यक्ष राजेन्द्र डुम्रे लगायतले बोल्नुभएको थियो । प्रेस संगठनका सदस्य गोपाल जिटीको स्वागत संगै सुरुभएको कार्यक्रम जिल्ला संयोजक मुक्तिप्रसाद न्यौपानेको अध्यक्षता र सहसंयोजक सुशिल सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal