सबै नगरवासीलाई खोपको व्यवस्थापन गर्छौः नगरप्रमुअ अधिकारी
गल्याङ,५ फागुन–गल्याङ नगरपालिकामा कोरोना भाइरस (कोभिड १९) विरुद्धको दोस्रो चरणको खोप लगाउन सुरु गरिएको छ । नेपाल सरकारको प्रथमिकताका आधारमा खोप लगाउने नीति अनुसार गल्याङमा मंगलबारदेखि दोस्रो चरणको कोभिड १९ विरुद्वको खोप लगाउन सुरु गरिएको हो । गल्याङ नगर अस्पतालमा जनप्रतिनिधि, कर्मचारी र पत्रकारलाई कोरोना विरुद्वको खोप लगाउने कार्यक्रमको सुरु भएको हो ।
संघीय सरकारको दोस्रो चरणको खोप लगाउने अभियान अन्तर्गत मंगलबार र बुधबार गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, तथा पत्रकारहरुलाई खोप लगाउने अभियान सञ्चालन भैरहेको छ ।

नगर प्रमुख अधिकारीले खोप लगाएर कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।
खोप शुभारम्भकार्यक्रममा नगरप्रमुख अधिकारीले सबै नगरवासीको पहुँचमा खोपको मात्रा पुरा गर्न आफुले पहल गर्ने प्रतिबद्वता जनाउनुभयो ।
उहाँले कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट जोगिनका लागि यो खोप अभियान प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
पहिलो चरणको खोप अभियान अन्तर्गत यसअघि स्वास्थ्यकर्मीलाई कोरोना विरुद्वको खोप लगाइएको थियो ।
ताजा
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार





















