रेडियो आँधीखोलाको १५औँ साधारण सभा सम्पन्न


वालिङ,२८ माघ–आँधीखोला सञ्चार सहकारी संस्थाा लिमिटेड द्वारा सञ्चालित रेडियो आँधीखोला १०५.४ मेगाहर्जको १५औँ साधारणसभा बुधबार सम्पन्न भएको छ । यही माघ २४ गतेबाट शुरु भएको साधारण सभाको बुधबार समापन भएको हो ।
रेडियो स्टेसनको कार्यालय वालिङ ८ घ्याङलीङमा गरिएको साधारण सभाको समापनका अवसरमा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्याङ्जा जिल्लामै पहिलो संचार संस्थाको रुपमा स्थापित रेडियो आँधीखोलाले आम नागरिकहरुलाई सुसूचित गराउँदै आईरहेको बताउनुभयो । समयअनुकुल बढ्दो प्रविधिको युगमा रेडियोलाई पनि थप विस्तार गर्न आवश्यक रहेको भन्दै रेडियोसंगै अनलाइन खबर र टेलिभिजनमार्फत समेत संस्थाले आफ्नो क्षेत्र विस्तार गर्नुपर्ने तिवारीले बताउनुभयो । रेडियोको लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको तिवारीको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, रेडियोका निर्वतमान अध्यक्ष ध्रुवप्रसाद शर्मापंगेनी, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रम रेडियोका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षता र सचिव यमकान्त खनालको सञ्चालनले गर्नुभएको थियो । पाँच सय वार्ट क्षमताको रेडियो दैनिक १८ घण्टा प्रसारण हुदै आएको छ ।

ताजा

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

२०८३ आश्विन २५ गते, आईतवार

स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत

२०८३ आश्विन २४ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal