रेडियो आँधीखोलाको १५औँ साधारण सभा सम्पन्न
वालिङ,२८ माघ–आँधीखोला सञ्चार सहकारी संस्थाा लिमिटेड द्वारा सञ्चालित रेडियो आँधीखोला १०५.४ मेगाहर्जको १५औँ साधारणसभा बुधबार सम्पन्न भएको छ । यही माघ २४ गतेबाट शुरु भएको साधारण सभाको बुधबार समापन भएको हो ।
रेडियो स्टेसनको कार्यालय वालिङ ८ घ्याङलीङमा गरिएको साधारण सभाको समापनका अवसरमा वालिङ नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले स्याङ्जा जिल्लामै पहिलो संचार संस्थाको रुपमा स्थापित रेडियो आँधीखोलाले आम नागरिकहरुलाई सुसूचित गराउँदै आईरहेको बताउनुभयो । समयअनुकुल बढ्दो प्रविधिको युगमा रेडियोलाई पनि थप विस्तार गर्न आवश्यक रहेको भन्दै रेडियोसंगै अनलाइन खबर र टेलिभिजनमार्फत समेत संस्थाले आफ्नो क्षेत्र विस्तार गर्नुपर्ने तिवारीले बताउनुभयो । रेडियोको लागि आवश्यक सहयोग गर्न स्थानीय सरकार प्रतिवद्ध रहेको तिवारीको भनाइ थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्रप्रसाद गैह्रे, रेडियोका निर्वतमान अध्यक्ष ध्रुवप्रसाद शर्मापंगेनी, रेडियोका संस्थापक अध्यक्ष रेशमलाल कोईराला लगायतले आआफ्नो भनाइ राख्नुभएको थियो भने कार्यक्रम रेडियोका अध्यक्ष नेत्रप्रसाद पाण्डेको अध्यक्षता र सचिव यमकान्त खनालको सञ्चालनले गर्नुभएको थियो । पाँच सय वार्ट क्षमताको रेडियो दैनिक १८ घण्टा प्रसारण हुदै आएको छ ।
ताजा
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार





















