पूर्व विद्यार्थीद्वारा पूर्णामृत भवानीलाई फिल्टर उपहार
वलिङ, ५ माघ–पूर्णामृत भवनी माध्यमिक विद्यालय वालिङ १० का पूर्व विद्यार्थीहरुको समुहले विद्यालयलाई फिल्टर उपहार दिएको छ । विद्यालयबाट २०४८ सालमा एसएलसी दिएका विद्यार्थीहरुको समुहले विद्यालयको लागि तातोचिसो पानीको फिल्टर दिएको हो ।
फिल्टर हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोजराज अर्यालले स्वच्छ पिउने पानी निकै संवेदनशील पक्ष भएकाले यसप्रति पूर्व विद्यार्थीहरुको चासो निकै नै सराहनीय रहेको बताउनुभयो । आँफू अध्ययन गरेको संस्थालाई थप सशक्त ढंगले अगाडि बढाउन पूर्व विद्यार्थीहरुको भुमिका निकै महत्वपुर्ण हुँने अर्यालले बताउनुभयो ।
कार्यक्रममा एसएलसी समुह २०४८ का पूर्व विद्यार्थी तथा वालिङ नगरपालिका उपप्रमुख कल्पना तिवारीले विद्यालयले आँफुलगायत धेरैको भविष्य उज्जवल बनाएको भन्दै हरेकले आ–आफ्नो स्थानबाट सक्रियता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक पर्शुराम लम्साल, सहायक प्रधानाध्यापक यमकान्त खनाललगायतले बोल्नुभएको थियो भने कार्यक्रमका संयोजक एवं एसएलसी समुह २०४८ का पूर्व विद्यार्थी युवराज गौतमले कार्यक्रमको बारेमा प्रकाश पार्नुभएको थियो ।
ताजा
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो
२०८३ भाद्र १३ गते, शनिबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार





















