कुवाकोट साना किसान कृषि सहकारीको छैठौं साधारणसभा सम्पन्न


टीका भट्टराई

स्याङ्जा,२७ पुस– कुवाकोट साना किसान कृषि सहकारी चापाकोट नगरपालिका १० बोटेटारको छैठौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका जिल्ला सहकारी संघ स्याङजाका अध्यक्ष लक्ष्मीपती पौडेलले सहकारीहरुले संस्थाका शेयर सदस्यहरुको आर्यआर्जनमा बृद्धि गर्दै संस्थालाई दिगो रुपमा अगाडी बढाउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
सहकारीले आगामी आर्थिक वर्षमा कृषि पसल सञ्चालन, शेयर सदस्यहरुलाई सिपमुलक तालिम दिएर उद्यमी बनाउने योजना रहेको छ, भने पेन्सन बचत समेत सुचारु गर्ने योजनामा संस्था रहेको छ । सहकारीले संस्थाका कृषक सदस्यहरुलाई ९ प्रतिशत व्याजमा मासुजन्य तथा तरकारी खेतीको लागि ऋण उपलब्ध गराउदै आएको छ ।
भूमी व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयको सहयोगमा कागती खेती परियोजना चापाकोट २ ठाँटी भञ्ज्याङमा सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष ०७७÷०७८ मा शेयर सदस्यको संख्या २५ सय पुर्याउनुका साथै १५ करोड लगानी पुर्याउने योजना अनुसार काम भइरहेको संस्थाका अध्यक्ष राजु कोइरालाले जानकारी दिनुभयो । यसै बिच सहकारीले राजु कोइरालाको अध्यक्षतामा १५ सदसिय नयाँ सञ्चालक समितिको निर्वाचन समेत सम्पन्न गरेको छ । जसको उपाध्यक्षमा याम कुमारी खनाल सदस्यहरुमा जिता राना, कमला श्रेष्ठ, माया जि.टी, गंगा श्रेष्ठ, लक्ष्मी आले लगायत रहनुभएको छ ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal