कुवाकोट साना किसान कृषि सहकारीको छैठौं साधारणसभा सम्पन्न
टीका भट्टराई
स्याङ्जा,२७ पुस– कुवाकोट साना किसान कृषि सहकारी चापाकोट नगरपालिका १० बोटेटारको छैठौं वार्षिक साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । संस्थाका जिल्ला सहकारी संघ स्याङजाका अध्यक्ष लक्ष्मीपती पौडेलले सहकारीहरुले संस्थाका शेयर सदस्यहरुको आर्यआर्जनमा बृद्धि गर्दै संस्थालाई दिगो रुपमा अगाडी बढाउनेगरी काम गर्नुपर्ने बताउनुभयो ।
सहकारीले आगामी आर्थिक वर्षमा कृषि पसल सञ्चालन, शेयर सदस्यहरुलाई सिपमुलक तालिम दिएर उद्यमी बनाउने योजना रहेको छ, भने पेन्सन बचत समेत सुचारु गर्ने योजनामा संस्था रहेको छ । सहकारीले संस्थाका कृषक सदस्यहरुलाई ९ प्रतिशत व्याजमा मासुजन्य तथा तरकारी खेतीको लागि ऋण उपलब्ध गराउदै आएको छ ।
भूमी व्यवस्था सहकारी तथा गरीबि निवारण मन्त्रालयको सहयोगमा कागती खेती परियोजना चापाकोट २ ठाँटी भञ्ज्याङमा सञ्चालन भइरहेको छ ।
आर्थिक वर्ष ०७७÷०७८ मा शेयर सदस्यको संख्या २५ सय पुर्याउनुका साथै १५ करोड लगानी पुर्याउने योजना अनुसार काम भइरहेको संस्थाका अध्यक्ष राजु कोइरालाले जानकारी दिनुभयो । यसै बिच सहकारीले राजु कोइरालाको अध्यक्षतामा १५ सदसिय नयाँ सञ्चालक समितिको निर्वाचन समेत सम्पन्न गरेको छ । जसको उपाध्यक्षमा याम कुमारी खनाल सदस्यहरुमा जिता राना, कमला श्रेष्ठ, माया जि.टी, गंगा श्रेष्ठ, लक्ष्मी आले लगायत रहनुभएको छ ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















