बाह्र वर्षसम्म विदेशमा नपाएको खुसी पोल्ट्री फर्ममा
गोपाल जिटी
वालिङ, २३ पुुस– “भनिन्छ बगेको खोला पनि बाह्र वर्षपछि फर्किन्छ ” यसैगरी बाह्र वर्ष खाडी मुलुकमा परिश्रम गरेपछि स्वदेश फर्केर पोल्ट्री व्यवसायमा लाग्नुभएको छ थमन गुरुङ । अर्जुनचौपारी गाउँपालिका रापाकोटका थमन गुरुङले दुवई र मलेशियागरी बाह्र वर्ष वैदेशिक रोजगारिमा विताएपनि स्वदेश फर्किएपछि हरियाली पोल्ट्री फर्म सञ्चालन गरेर अहिले यसमै रमाउनुभएको छ ।
अर्जुनचौपारी ३ रापाकोट स्थायी घर भएका थमन गुरुङ अहिले वालिङलाई कर्मथलो बनाएर पोल्ट्री व्यवसायीको रुपमा काम गरिरहनुभएको छ । हुने बिरुवाको चिल्लोपात भनेझैं सुरुवाती अवस्थामै थमनको हरियाली पोल्ट्री फर्म भरोसा लाग्दो छ । इच्छाशक्ति हुने हो भने आँप्mनै ठाउँमा अवसर छ भन्ने उहाँको फर्मले देखाएको छ । यही २०७७ असारदेखि कुखुरा पालन व्यावसाय सुरु गर्नुभएका थमनको फर्ममा अहिले २२ सय ब्रोइलर कुखुरा जति हे¥यो उति हेरौ हेरौ लाग्ने भएकाछन् ।
दुई छोरा र दुई छोरी र श्रमतीको पालनपोषण गर्नुपर्ने जिम्मेवारी, विश्वभर पैmलिएको कोरोना महामारीले गर्दा देशमा जब बन्दाबन्दी भयो तव केही न केही त गर्नु नै प¥यो भनेर थमनले कुखुरापालन रोज्नुभएको हो । रोजगारीको अबको विकल्प भनेको कृषि हो, यसमा पनि थोरै लगानीबाट गर्न सकिने र आम्दानी पनि छिटो हुने भएकाले पोल्ट्री व्यवसाय गर्न थालेको थमनले बताउनुभयो ।

कुखुरापालन सम्बन्धी कुनै पनि तालिम नलिनुभएका थमनले साथीहरुको सल्लाह र युटुयुुव लगायतका सामाजिक सञ्जालको सहायतामा व्यवसायको थालनी गर्नुभएको हो ।
वार्षिक ८४ हजारमा पाँच रोपनी जग्गा भाडामा लिएर दुईवटा खोर निर्माण गरेर व्यवसाय सुरु गर्नुभएका गुरुङले अब खोरको विस्तार गर्नुका साथै लोकल कुखुरा संगै टर्की पनि पाल्ने योजना रहेको बताउनुभयो । वास्तविक किसानले अझैपनि अनुदान पाउन नसकेको र व्यवसायिक किसानहरुको निश्पक्ष अनुगमन गरेर कामको आधारमा अनुदान दिनसके कृषिमा धेरै प्रगति हुने गुरुङ बताउनुहुन्छ ।
नेपालमा कृषिको क्षेत्रमा लाग्ने युवाहरुको भविष्य राम्रो रहेको बताउदै थमनले विदेश जान लगानी गर्ने पैशा कृषि क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । थमनले भन्नुभयो, “युवा साथीहरु विदेशको मुख ताकेर नबस्नुस, नभौंतारिनुस्, कृषिक्षेत्रमा लाग्नुस् काम दाम र नाम यहिँ छ ।” कोरोना भाइरस (कोभिड १९) को प्रकोप संगै रोजगारी गुमाएका धेरै युवाहरु दिनप्रतिदिन कृषि पेशाप्रति आकर्षण बढ्दै जान थालेको छ ।
ताजा
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन
२०८३ असार २० गते, शनिबार
फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १९ गते, शुक्रबार
भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न
२०८३ असार १९ गते, शुक्रबार
बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान
२०८३ असार १८ गते, बिहीबार
कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
२०८३ असार १८ गते, बिहीबार
व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली
२०८३ असार १८ गते, बिहीबार
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न
२०८३ असार १७ गते, बुधबार
वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित
२०८३ असार १६ गते, मंगलवार
२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)
२०८३ असार १५ गते, सोमबार





















